शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
मैत्री पूर्ण क्रिकेट खेलमा लहान विजय
भाद्र ७, २०७५ | फिरोज शेख

फिरोज शेख लहान २०७५ भाद्र ७ - 
लहान खेलकुद एकेडमी र झापा मेचिनगर एकेडमी बीच आज लहानमा भएको पहिलो मैत्री पूर्ण महिला क्रिकेट खेलमा लहान खेलकुद एकेडमी विजय भएका छन्। लहान खेलकुद एकेडमीको निमन्त्रणामा भएको खेलमा लहान खेलकुद एकेडमीले टस जितेर पहिले ब्याटिंग गर्दै निर्धारित १५ ओभरमा ४ विकेट गुमाउदै ९९ रन  बनाएका थियो। 

यसै बीच १०० रन्को लक्ष्य पछ्याउने क्रममा झापा मेचिनगर एकेडमीले निर्धारित १५ ओभरमा ५ विकेट गुमाउदै मात्र ७७ रन बनाउदै आजको पहिलो मैत्री पूर्ण खेलमा २३ रनले पराजित भएका छन्। लहान खेलकुद एकेडमीको तर्फ बाट अनुराधा चौधरी ३८ , ममता चौधरी १३ ,सरस्वती चौधरीले ६ रन बनाएका थिए भने झापा मेचिनगर एकेडमीका लागि पायल मगर २० र स्मृति कटुवाल १९ रन बनाएका थिए। बलिङ्ग तर्फ लहानका लागि अनुराधा चौधरीले ३ ओभरमा ६ रन खर्चेर २ विकेट लिए भने सरस्वती चौधरीले ३ ओभरमा ११ रन खर्चेर सम्मान २ विकेट लिएका थिए। खेलको ओम्यान अफ द म्याच अनुराधा चौधरी भएकी छिन। भोलि शुक्रबार बिहान ७ बजे अर्को खेल हुने आयोजक लहान खेलकुद एकेडमीले जानकारी दिएका छन्। 

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.