शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
रेडियो सरगम सफलतापूर्वक तेस्रो वर्षमा प्रवेश
आश्वीन ११, २०७५ | फिरोज शेख

फिरोज सिद्दिकी लहान २०७५ असोज ११ - 
‘हरएक मनको आवजा’ सुचना ,संगीत र मनोरंजनका लागि हरपल तपाइको साथ् भन्ने नाराका साथ रेडियो सरगत ९३ मगाहर्ज तेस्रो वर्षमा प्रवेश गरेका छन् ।बुधबार सिरहाको लहानमा एक कार्यक्रमको आयोजना गरी सिरहा जिल्लाकै पहिलो ५०० वाट क्षमता भएको रेडियो सरगम ९३ मेगाहर्जले सफलतापूर्वक दोस्रो वार्ष पुरागरी तेस्रो वर्षमा प्रवेश गरेको हो ।शेख मिडिया हाउस प्रालिद्वारा संचालित रेडियो सरगम ९३ मेगाहर्जका संस्थापक अध्यक्ष फिरोज शेखको अध्यक्षतामा संचालित कार्यक्रमको प्रमुख अतिथिमा संचारकर्मी तथा अधिकारकर्मी सुरेन्द्र प्रसाद गुप्ता रहेको थियो ।

दोस्रो वार्षिकोत्सवको अवसरमा श्रोताहरुले रेडियो सुन्नुपर्ने खालका लोकप्रिय, ज्ञानबद्र्धक, बौद्धिक कार्यक्रम, सन्तुलित र तथ्यपरक समाचार, सकरात्मक सोच सहितको गीतसंगित तथा मनोरञ्जनका कार्यक्रमहरु अझ बढी थपिदै लैजाने योजना रहेको रेडियोका संस्थापक अध्यक्ष शेखले बताउनु भयो ।उहाँले आफना सदस्य, बिज्ञापन दाता, कर्मचारी, सहयोगी, स्वदेश तथा विदेशमा रहेका श्रोता सबैमा रेडियोलाई यहाँसम्म ल्याउन सहयोग गर्ने सबैलाई धन्यावाद ज्ञापन गर्दै आगामी दिनहरुमा पनि सोहि अनुसार सहयोगको अपेक्षा गरेको अध्यक्ष शेखले बताउनु भयो ।

कार्यक्रमको प्रमुख अतिथि संचारकर्मी तथा अधिकारकर्मी सुरेन्द्र प्रसाद गुप्ताले विभिन्न आरोह अवरोध पार्दै रेडियो सरगम ९३ मेगाहर्जा यहाँसम्म आउनुमा सहयोगी हातहरुको भूमिका सक्रिय देखिएको छ । कुनै पनि रेडियो संचालनमा त्यस भित्रको टिमको प्रमुख मुमिका रहेको प्रशंसा गर्दैै सफलता पूर्वक दोस्रो वर्ष पार गरि तेस्रो वर्षमा प्रवेश गरेको बताउनु भयो ।उहाँले सरकारले ल्याएको नयाँ ऐन संचारकर्मि विरोधी भएको बताउनु भएको छ । ल्याइएको ऐनमा पत्रकारहरुलाई स्वतन्त्रतापूर्वक काम गर्ने अधिकारलाई कुन्ठित पारिएकोले यसको विरोधमा सबै संचारहरुसाथीहरुले एक जुट भएर आवाज उठाउनु पर्ने धारणा राख्नु भयो । मुलुकको प्रगतिमा संचार जगतको भूमिका प्रमुख रहेकोले संचार क्षेत्रलाई घेरामा नराखी स्वतन्त्रता पूर्वक काम गर्न दिइयो भने मुलुक समृद्धि तर्फ जाने विश्वास व्यक्त गर्नु भयो ।

दोस्रो वार्षिक उत्वसमा रेडियो समग्र १०७ मेगाहर्जका अध्यक्ष भैरव गेलाल, रेडियो समाद १०२.६ मेगाहर्जका प्रशासकीय प्रमुख अनिल चौधरी, मानव अधिकार संरक्षण केन्द्र संजाल सयोजक सुनिल कुमार साह, साहित्यकार अर्जुन प्रसाद गुप्ता दर्दिला, एभरेस्ट कलेज लहान प्रमुख धरणीधर अधिकारि, लिट्टिल स्टार उच्च मावि प्रमुख जय प्रकाश चौधरी, लहान अस्पतालका डाक्टर शुशिला सिंह, डाक्टर विवेक प्रभात साह, रेडियो सरगम ९३ मेगाहर्जका सल्लाहकार तथा एभरेष्ट कलेजका प्रिन्सिपल चक्रपाणि दाहाल, प्यारागन सेकेन्डरी स्कुल प्रमुख उमेश चौधरी, डाक्टर ओम प्रकाश चौधरी, डाक्टर रितेश कुमार गिरि, इन्सेक जिल्ला प्रतिनिधि दुर्गा परियार, सल्लाहकार तथा संचारकर्मी फिरोज सिद्दिकी लगायतका विभिन्न संघ संस्थान, प्रतिष्ठानबाट आएका प्रमुख तथा प्रतिनिधिहरुको आतिथ्यमा सम्पन्न भएको समारोहलाई सम्बोधन गर्दै वक्ताहरुले छोटो समयमा रेडियो सरगम ९३ मेगर्जले आफ्नो गुणस्तरीयता, निष्पक्षता, बोल्ने शैली, सुचना तथा मनोरंजनमा सबै स्रोता, विज्ञापनदाता, नागरिकसमाज र सिरहा, सप्तरी, धनुषा, उदयपुर, सिन्धुली, खोटाङ्ग, भारत बिहार लगायत अनलाइन प्रबिधि मार्फत मन जितन सफल भएको र आगामी दिनहरुमा पनि अझ उत्कृष्ट कार्य गर्दै समाज परिवर्तनमा अमुल्य योगदान पु¥याउने भन्ने कुरामा जोड दिदै शुभकामना मन्तव्य राख्नु भएको थियो ।

रेडियो सरगम ९३ मेगाहर्जको दोस्रो वार्षिक उत्सवको अवसरमा स्रोता बिके चौधरी, समिर खान, नरेश राज चौधरी, सहयोगी तथा सल्लाहकार तर्फबाट साहित्यकार अर्जुन प्रसाद गुप्ता दर्दिला, सल्लाहकार चक्रपाणि दाहाल, इन्सेक जिल्ला प्रतिनिधि दुर्गा परियार, सल्लाहकार तथा संचारकर्मी फिरोज सिद्दिकी, इलेकट्रीसियन राम उदगार ठाकुर, यस जिल्लाका वरिष्ट प्राविधिक अनुज राउत अन्जनी लगायतका व्यक्तित्वहरु गायत रेडियो सरगम ९३ मेगाहर्जमा कार्यरत २२ जना कर्मचारीहरु सहित रेडियोको स्थापनाकालदेखि नै निरन्तर रुपमा विज्ञापन प्रसारण गराउदै आइरहनु भएका ४० भन्दा बढी विज्ञापनदाताहरुलाई खाँदा र प्रशंसा–पत्रले सम्मान गरिएको थियो भने प्रमुख अतिथिलाई दोसल्ला ओढाई सम्मान–पत्र सहित सभा अध्यक्ष फिरोज शेखले सम्मान गर्नु भएको थियो।

त्यसतै टोकन अफ लव मायाको चिनोबाट रेडियो समग्र १०७ मेगाहर्जका अध्यक्ष भैरव गेलाल, रेडियो समाद १०२.६ मेगाहर्जका प्रशासकीय प्रमुख अनिल चौधरी, मानव अधिकार संरक्षण केन्द्र संजाल सयोजक  सुनिल साह, नेहा नेपाल, सिम्रिक होटल, संजय शर्मा एभरेष्ट कलेज चेयरमेन, भण्डारी फुल डेकोरेशन लहान, मा दुर्गा टेन्ट हाउस साउण्ड, अजय सिशा पसल लगायतलाई सम्मान गरिएको थियो ।  कार्यक्रमको संचालन रेडियोकर्मी रमिता नेपाल र अनुपम झाले गर्नु भएको थियो भने स्वागत मन्तव्य रेडियोकर्मी जिवछ उदासीले राख्नु भएको थियो । कार्यक्रममा विभिन्न चेतना मुलक नाटक तथा संस्कृति कार्यक्रमको आयोजना समेत गरिएको थियो ।दैनिक २० घण्टा प्रसारणमा रहेको रेडियोले ज्ञान सुचना मनोरञ्जनात्मक तथा चेतनामुलक कार्यक्रम सञ्चालन गर्ने गरेको छ । इन्टरनेट अनलाईनको धधध।चबमष्यकबचनबm।लभत मार्फत विश्वका जुनसुकै स्थानबाट समेत सुन्न सकिन्छ ।

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.