शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
प्रहरी कार्यालय अगाडिको पसल बाट १७ लाख मुल्य बराबरको मोबाइल
आश्वीन १३, २०७५ | फिरोज शेख

फिरोज शेख लहान २०७५ असोज १३ - 
ईलाका प्रहरी कर्यालय लहान अगाडि रहेको हाम्रो मोबाइल पसलमा शुक्रबार राती चोरी भएको छ। पसलको सटर फोडेर करिब १७ लाख मुल्य बरबको मोबाइल चोरी भएको पसलका सञ्चालक धनन्जय गुप्ताले जानकारी दिएका छन्। नोकिया , ओपो ,हुवाई, भिभो , लावा, सामसुन्ग , हुवाये लगायतका कम्पनिहरुको जम्मा ४९ पिस mahgo मोबाइल सेट चोरी भएको सञ्चालक धनन्जय गुप्ताले बताए। हाम्रो मोबाइल पसल ईलाका प्रहरी कर्यालयको अगाडि उत्तरमा संचालनमा रहेको छ। चोरको  समूहले सटर फोडेर चोरी गर्दा नजिकै रहेको प्रहरीले सुइँकोसम्म नपाउनुले जिल्लाको सुरक्षा व्यवस्था निकै कम्जोर रहेको भन्दै स्थानीयहरु आक्रोसित बनेका छन्।  ईलाका  प्रहरी कार्यालयबाट १० / १५ मिटरको दूरीमै रहेको पसलमा चोरी हुनु लज्जाको विषय भएको स्थानीय बताउछन। यता ईलाका प्रहरी कर्यालय लहानका डीएसपी राजेश थापाले चोरी गर्ने समूहको खोजी भइरहेको जानकारी दिए।

 

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.