शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
प्रेस युनियन सिरहामा जर्घामगर निर्वाचित
कार्तिक १५, २०७५ | फिरोज शेख

फिरोज शेख लहान २०७५ कार्तिक १५ - 
नेपाल प्रेस युनियन शाखा सिरहाको छैठो अधिवेशनबाट भारत जर्घामगरको नेतृत्वमा नयाँ कर्यसमिती चयन गरेको छ।बुधबार लहानमा भएको अधिवेशनबाट अध्यक्षमा भरत जर्घामगर, उपाध्यक्षमा शम्भु यादव, समावेसी उपाध्यक्षमा ज्ञानु राउत, सचिवमा निर्मला दहाल, सहसचिवमा जया सिंह , कोषाध्यक्षमा एलिना हिमाङ सर्वसम्मत निर्वाचित भएका छन् ।बद्रीनारायण यादव, एम महतो, रमिता दहाल, अनुपम झा, आशाराम चौधरी , अनुभक्त चौधरी , कमल यादव सदस्यमा निर्वाचित भएका छन। केन्द्रीय पार्षदमा नौजना र प्रदेश पार्षदमा तेह्रजना निर्वाचित भएका छन ।नेपाल प्रेस युनियन शाखा सिरहाका निवर्तमान अध्यक्ष सत्य नारायण चौधरीको अध्यक्षतामा भएको अधिवेशनको उद्घाटन प्रतिनिधिसभा सदस्य पदम नारायण चौधरीले गरेको थियो। कार्यक्रममा प्रेस युनियनका केन्द्रिय अध्यक्ष बद्री सिग्देल , सल्लाहकार शिव लमसाल लगायत प्रेस युनियनका केन्द्रिय तथा जिल्ला स्तरीय पत्रकारहरुको उपस्थिति रहेको थियो।

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.