शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
विधालय व्यवस्थापन समिति चयनमा विवाद
मंसिर १५, २०७५ | फिरोज शेख

फिरोज शेख लहान मङ्सिर १५ - 
लहान नगरपालिका अन्तर्गत वाडा न. ८ मा अवस्थित श्री सिद्धार्थ प्राविमा विधालय व्यवस्थापन समितिमाका लागि बोलाइएको अभिभावक भेलामा विवाद उत्पन्न भएको छ। विहिबार विधालय वेवस्थापन समिति चयन गर्म बोलाइएको अभिभावक भेलामा अध्यक्ष पदका लागि वडा अधयक्ष विजय कुमार महतो र अभिभावक विच विवाद हुदा विना निष्कर्ष अविभावक भेला स्थगित भएको विधालयका वर्तमान अधयक्ष गोपाल पासमानले जानकारी दिएका छन्। अधयक्ष पासमानका अनुसार वडा अधयक्षले समितिको अध्यक्षमा आफ्नो मान्छे राखन खोज्दा विवाद उत्पन्न भएको आरोप लगाएका छन्। अभिभावकहरुको सहमति विपरित वडा अधयक्ष महतोले आफ्नो मान्छे लाई अधयक्ष पदमा नराखे यो समिति चयन हुदैन भन्दै भेला बाट उठेर हिडन खोज्दा केहीबेर घम्सा-घम्सी समेत भएको नेपालि कांग्रेस बाट वडा अध्यक्षका प्रत्यासी श्याम साह भोरे भोरले बताएका छन्। 

यता वडा अधयक्ष महतोका अनुसार म माथि लगाइएको आरोप निराधार रहेको दाबि गरेका छन्। मैले कुनै आफ्नो मान्छेलाई अधयक्ष बनाउन भनेको छैन। विद्यालयमा अध्यनरत वडा नम्बर ५ ,६,७,८ र ९ का विधार्थीहरु मध्ये बाहेकका मान्छेहरु लाई बोलाइ हुटिंग गर्न लगाउदा   त्यसमा मैले अभिभावक बाहेकको कोइ पनि मान्छे बस्न नपाउने भन्दा उल्टै म माथि राजनीतिक प्रतिपक्षीय निराधार आरोप लगाइएको बताएका छन्। शुक्रबार काठमाडौंमा मेरो केहि बिशेष कार्य भएको हुनाले म त्यहा बाट हिडेको र १९ गते फेरी अभिभावक भेला गरि सहमतिमै समिति गठन गरिने बताएका छन्। 


यसै बीच शिक्षा शाखाका बिनि भवानी कटेल संग यस बारेमा जिज्ञासा राख्दा खासै त्यस्तो विवाद गर्नु पर्ने कुनै कुरो नै थिएन , वडा अधयक्ष विजय महतोले फोन मार्फत २ दिन अगाडी नै बिहिबार काठमाडौं जाने कुरा जानकारी गराउनु भएको थियो। तर मैले उहा लाई चाडै समिति गठन भइ हाल्ने भनि बोलाएको थिए। तर अभिभावकहरु समयमा न आउदा ढिलो भयो, सोहि क्रममा समितिका उमेदबारका लागि नाम माङ्ग्दा पुरुष बाट ६ जना र महिला तर्फ बाट ७ जनाको नाम आउदा त्यहा उपस्थित केहि अभिभावकहरु र अन्य व्यक्तिहरुले हामि मान्दैनौ भन्दै सिधै शिक्षा कार्यलय बाट नाम आउने भन्दै हो-हल्ला गर्न थाले पछि सामान्य विवाद उत्पन्न भएको बताउनु भयो। 

स्रोत व्याक्ति काशिंदर प्रसाद यादवका अनुसार समितिमा ९ जना मात्र बस्ने प्रावधान रहेकोले २ जना पुरुष र २ जना महिला छनोट प्रकिया बाट बस्ने व्यवस्था रहेको छ। भने २ जना लाई मनोनयन गर्ने प्रावधान रहेको छ। त्यस पश्चात वडा अधयक्ष , प्रधानाअध्पाक र शिक्षा प्रतिनिधि गरि ९ जनाको समिति बन्ने प्रावधान रहेको बताउदै सर्वसहमति हुन् न सक्दा विवाद उत्पन्न भएको बताउनु भयो। हाल श्री सिद्धार्थ प्रावि लहान ८ मा १२० जना विद्यार्थी मात्र अध्यनरत रहेको र विद्यालयमा राजनीति हावी भएको प्रधानाअध्यापक सुधा चौधरी संगै स्थानीयहरु बताउनु हुन्छ।  

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.