शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
नेपाल कारखाना श्रमिक संघ गठन
मंसिर १७, २०७५ | फिरोज शेख

फिरोज शेख लहान २०७५ मङ्सिर १७ - 
सिरहाको चन्द्रअयोध्यापुरमा अवस्थित हिमालय सुगर मिल्स प्रालिमा कार्यरत श्रमिकहरुको भेलाले नेपाल कारखाना श्रमिक इकाई समिति गठन गरिएको छ। नेपाली कांग्रेसका महा समिति सदस्य अमर रेग्मीको प्रमुख आतिथ्य तथा नेपाल ट्रेड युनियन कांग्रेसका अध्यक्ष संजिव कुमार उपाध्यायको विशिष्ट आतिथ्यमा सम्पन्न उक्त भेलामा  मनोज कुमार यादवको अध्यक्षतामा सर्वसहमतले १४ सदस्य नेपाल कारखाना श्रमिक इकाई समिति गठन गरिएको हो। समितिको उपाध्यक्षमा श्रीपति लाल महतो , सचिवमा पुस्पल चौधरी,सह सचिवमा नरेन्द्र झा,कोषाध्यक्षमा राम उद्गार यादव चयन भएका छन् , भने सदस्यहरुमा लक्षमण यादव , जितु बस्नेत , सन्तोष यादव,मनोज कुमार यादव,गणेश कुमार यादव,राम भरोशी गडेरी , अनिल खत्री,लाल बाबु यादव संगै सल्लाहकारमा कामेश्वर यादव , जय नारायण झा रहेका छन्। नेपाल कारखाना श्रमिक इकाई समितिले कारखानामा कार्यरत श्रमिकहरुको हक हितका लागि कार्य गर्ने बताइएको छ।

 

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.