शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
लहानमा पनि ७० औं अन्तराष्ट्रिय मानवअधिकार दिवस मनाइयो
मंसिर २५, २०७५ | फिरोज शेख

फिरोज शेख लहान २०७५ मङ्सिर २५ 
दिगो विकास र मानवअधिकार ः नेपालीको मुल सरोकार”  भन्ने मुल नाराका साथ ७० औं अन्तराष्ट्रिय मानवअधिकार दिवस सिरहाको लहानमा मंसिर सोमबार विभिन्न कार्यक्रम गरि मनाइएको छ। मानवअधिकार दिवसको अवसरमा मानवअधिकार संरक्षण केन्द्र संजाल सिरहाको आयोजना र समुदाय प्रहरी साझेदार समिति लगायत विभिन्न संघ संस्थाको सहकार्यमा रक्त दान, अन्तरकृया तथा सम्मान कार्यक्रम गरी ७० औं अन्तराष्ट्रिय मानवअधिकार दिवस  मनाइएको छ ।अन्तरकृया कार्यक्रममा मनतव्य राख्दै जिल्ला प्रहरी कार्यालय सिरहाका एसपी जिवन कुमार श्रेष्ठले राज्यले आफुले गर्न सक्ने गरी मानवअधिकार प्रत्याभुति गराउन मौलिकहकको व्यवस्था गरेको छ । मानवअधिकारको प्रयोग गर्दा जहिले पनि अरुको अधिकारको खयाल राख्नु पर्ने कुरामा एसपी श्रेष्ठले जोड दिएका छन।  मानवअधिकारको संरक्षण र प्रबद्र्धनमा नेपाल प्रहरी सदैव अगाडी रहने उनले तर्क थियो। 

त्यसैगरी गैर सरकारी संस्था महासंघ सिरहाका अध्यक्ष गोविन्दराज बिष्टले समाजमा अहिले पनि विभेद असमानता रहेकोले हामिले काम गर्ने अवसर पाएको बताए । मानवअधिकारको संरक्षण र पीडितलाई न्यायको अनुभुति गराउन सबै मिलेर लाग्नु पर्ने उनको भनाइ रहेको थियो ।
मानवअधिकार दिवसको अवसरमा संजालले महिलाअधिकार, दलित अधिकार र संचारको माध्यमबाट अधिकारको क्षेत्रमा योगदान पुर्याए वापत महिला अधिकारकर्मी बबिता मिश्र, दलित अगुवा मोहन पासवान र  संचारकर्मी रामभरोसी महतोलाई दोस्ला र सम्मान- पत्र  सहित सम्मान गरेका छन।  

लहान ७ मा अवस्थित प्यासिफिक होटलको सभा हलमा संजालका संयोजक सुनिल कुमार साहको अध्यक्षतामा भएको उक्त कार्यक्रममा इलाका प्रहरी कार्यलय लहानका डिएसपी राजेश थापा , अधिकारकर्मी रेणु कर्ण ,देवराज पोखरेल,भुवनेश्वर पासवान,विमला कुमारी पोखरेल,एलिना चौधरी,शुशिला लोहनी, वविता कुमारी साह, दुर्गा खड्का ,राज कुमार मोची, मनिषा कुसवाहा, प्रमिला मण्डल,रन्जना कुमारी मण्डल,लिली घिसिङ्ग , विना बुढाथोकी , सिता देवी यादव , मुना राई , जानकी कुमारी साह, दिलिप कुमार सहनी, रिंकु कुमार ठाकुर , सुनिता साह, देव कुमारी महरा,जिब्छी यादव, मोनिका शर्मा,शशि कुमार मण्डल, देवेन्द्र कुमार मण्डल , अवधेश कुमार झा, लालु शर्मा, श्याम कुमारी साह, फुल कुमारी राम, मिन्टू चौधरी, दिव्या यादव, राम परीक्षण महतो, राम कुमार राउत, दुर्गा परियार, प्रदिप पासवान,  संचारकर्मी बद्रि नारायण यादव, शम्भु यादव लगायतको उपस्थिति रहेको थियो। कार्यक्रमको संचालन महिला अधिकारकर्मी गंगा पोखरेलले गर्नु भएको थियो। यसै बीच वर्ष २०१९ का लागि  मानवअधिकार संरक्षण केन्द्र संजाल सिरहाको संयोजकमा महिला अधिकारकर्मी श्याम कुमारी साह र सचिवमा राम भरोशी महतो लाई चैन गरिएको संयोजक सुनिल साहले कार्यक्रममा जानकारी गराउनु भयो। 

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.