शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
नक्‍कली सुन बिक्री गर्ने तीन भारतीय पक्राउ
पौष ६, २०७५ | फिरोज शेख

फिरोज शेख लहान २०७५ पौष ६ - 
नक्‍कली सुनलाई सुन भन्दै ठग्न नेपाल प्रवेश गरेका तीन जना भारतीय लाई सिरहा प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यलय सिरहा बाट खटिएको प्रहरी टोलीले उनीहरुलाई सीमावर्ती नवराजपुर गाउँपालिका ४ बाट पक्राउ गरेको हो। २ किलो २ सय ३४ ग्राम तौलको इंटा आकारमा अन्य धातुबाट बनाइएको सुनजस्तै देखिने वस्तु सहित भारत मधुबनीका रामसेवक पासमान, नथुनी राम र दिपु सिंहलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यलय सिरहाका डिएसपी माधव राज खरेलले जानकारी दिएका छन। प्रहरीले उनीहरुले प्रयोग गरेको स २प ८१८० नम्बरको नेपाली र बीआर ३२  एन ५३८९ नम्बरको मोटरसाइकल लाई चेकजाँच गर्ने क्रममा उक्त बस्तु सहित मोटरसाइकल र तिनै जनालाई  नियन्त्रणमा लिएको छ। डिएसपी खरेलका अनुसार पक्राउ गर्ने क्रममा उनीहरुले प्रहरीसँग अभद्र व्यवहार पनि गरेका छन्। उनीहरुमाथि सार्वजानिक अपराधको मुद्दा चलाएर अनुसन्धान गरिरहेको डिएसपी खरेलले बताएका छन। 

लहानबाट लागूऔषध सहित तिन पक्राउ
माघ २०, २०८० | फिरोज शेख
सिरहाको लहानबाट हतियार सहित ३ जना
कार्तिक २१, २०८० | फिरोज शेख
लागूऔषध सहित एक जना पक्राउ
कार्तिक १८, २०८० | फिरोज शेख
अवैध कपडा लोड गरिएको पिकअप सहित
कार्तिक १३, २०८० | फिरोज शेख
हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.