शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
त्रुटीपूर्ण अप्रेशनका कारण सुत्केरी महिलाको मृत्यु
पौष ६, २०७५ | फिरोज शेख

फिरोज शेख लहान २०७५ पौष ६ - 
सिरहाको लहानमा अवस्थित ओम गुरुकुल हेल्थ केयर प्रालिमा एक जना सुत्केरीको मृत्यु भएको छ। उक्त हेल्थ केयर प्रालिमा कार्यरत एक डाक्टरको त्रुटीपूर्ण अप्रेशनका कारण मिर्चैया नगरपालिका वडा नम्बर ११ बस्ने जगदीश पासवानको २१ वर्षीय श्रीमती संजु पासवानको मृत्यु भएको परिवारजनले आरोप लगाएका छन। वैदेशिक रोजगारमा कतार गएका पासवानको श्रीमती संजुलाई सुत्केरी व्यथाले चयापे पछि बुधबार साँझ माइतीघर गोलबजार बाट गोलबजार स्वास्थ्य चौकीमा लागेका थिए। उक्त चौकीमा चेकजांच गराउँदा त्यहाका डाक्टरले लहानमा अवस्थित राम कुमार उमा प्रसाद स्मारक अस्पतालमा रिफर गरेको थियो। पहिलो सन्तानलाई जन्म दिन लागेकी संजु लाई त्यहा बाट पनि डाक्टरले बिराटनगर वा धरान लैजान सल्लाह दिए पश्चात वाहिर लैजान तयारीमा रहेको संजुका आफन्तलाई एक एम्बुलेन्स चालकले ओम गुरुकुल हेल्थ केयर प्रालिमा लैजान सल्लाह दिदै आफ्नो एम्बुलेन्समा संजुलाई गुरुकुल हेल्थ केयरमा लिएर आएको आफन्तले बताएका छन।

यसै बीच भर्ना भएको केहि समय पश्चात त्यहाका डाक्टरले संजुलाई अप्रेशन गर्नु पर्ने बताउदै अप्रेशनको तयारीमा जुटे र अप्रेशन गरेर छोरी बच्चा लाई निकाल्न सफल भए। बच्चा जन्मेको केहि बेर पछि संजुको स्वास्थ्य अवस्था बिग्रिन थाले पछि डाक्टरले रगतको मात्रा कम भएको हुँदा रगत चढाउनु पर्ने सल्लाह दिदै रगत चढाउन सुरु गरे पनि विस्तारै - विस्तारै संजुको अवस्था झन्-झन् नाजुक बन्दै जान थालेपछि डाक्टरले उनलाई अक्सिजन लगाएर बिराटनग रेफर गरेकोमा नोबेल अस्पतालमा पुग्दा संजुको मृत्यु भइसकेको डाक्टरले जवाफ दिए।

संजुको मृत्यु ओम गुरुकुल हेल्थ केयर प्रालि लहानमै भइसके पश्चात मात्र रेफर गरेको परिवारजनलेआरोप लगाउदै मृत्क संजुको सवलाई ओम गुरुकुलको परिसरमा राखी त्रुटीपूर्ण अप्रेशन गर्ने डाक्टर लाई कारवाही र उचित क्षतिपूर्तिको मांग गर्दै प्रदर्शन गरिरहेका छन। संजुले जन्म दिएकी अवोध वालिकाको स्वास्थ्य अवस्था सामान्य रहेपनि आमाको दुधै नखाई, आमाको न्यानो माया पाउन बाट बन्चि भएको दुखेसो परिवारजनले पोखेका छन।
यता इलाका प्रहरी कार्यलय लहानका अनुसार ओम गुरुकुल हेल्थ केयर प्रालि लहान लाई जिल्ला जनस्वास्थ्य कार्यलय सिरहाले कुनै पनि अप्रेशन गर्न अनुमति नदिएपनि किन अप्रेशन गरेको भन्दै मृत्क संजुका आफन्तहरुले हो-हल्ला गर्न थालेपछि हेल्थ केयरका संचालक संगै सम्पूर्ण कर्मचारीहरु सम्पर्क बिहिन भएको हुँदा खोजि कार्य भइरहेको बताएका छन।

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.