शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
सिरहाको लहानमा स्नेह बृद्धा आश्रमको कार्यलय उद्घाटन
पौष २२, २०७५ | फिरोज शेख

फिरोज शेख लहान २०७५ पुस २२ - 
सिरहाको लहानमा एक कार्यक्रमका बीच स्नेह बृद्धा आश्रमको कार्यलयको उद्घाटन सम्पन्न भएको छ। घरपरिवार तथा छोरा बुहारी बाट तिरस्कृत, अपमानित तथा घरवाट निकालिएका असहाय, गरिब बृद्ध बृद्धाहरुलाई खानपिन, रेखदेख ,बसोबास संगै माया तथा स्नेह प्रदान गर्ने उदेश्यले उक्त कार्यलयको उद्घाटन गरिएको जनाइएको छ। आश्रमकी अध्यक्ष रिता कुमारी महतोको अध्यक्षता तथा लहान नगरपालिकाका नगर प्रमुख मुनि साहको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रमा महिला मानव अधिकार रक्षक संजालकका राष्ट्रिय अध्यक्ष डा. रेनु अधिकारी , समाजसेवी ग्रुप काठमाडौका हिरा देबी श्रेष्ठ, गुड हुमन ओर्गनाईजेशन काठमाडौका अध्यक्ष दशरथ सुनार, अपाङ्ग पुनर्स्थापना केन्द्र लहान सिरहाका अध्यक्ष संजय अग्रवाल लगायत विभिन्न संघ संस्था बाट पाल्नु भएका प्रतिनिधि तथा प्रमुख , समाजसेवी , बुद्धिजीवी , संचारकर्मी , बृद्ध बृद्धाहरुको उपस्तिथी रहेको थियो।  यसै बीच विभिन्न स्थानबाट कार्यक्रममा उपस्थित हुनु भएका करिब १०० जना बृद्ध बृद्धाहरु लाई जाडो छलन राहत स्परुप १०० ब्लान्केट प्रदान गरिएको अध्यक्ष महतोले जानकारी दिएकी छिन। 

 

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.