शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
आर्थिक र सामाजिक उत्थानको लागि " लहान महोत्सव २०७५ "
माघ ९, २०७५ | फिरोज शेख

फिरोज शेख लहान २०७५ माघ ९ - 
लहान नगरपालिकाको समग्र आर्थिक तथा सामाजिक उत्थानको लागि ‘हाम्रो लहान,समृद्ध लहान, पर्यटन सहितको सुन्दर नगर निर्माण गर्ने हाम्रो अभियान’भन्ने मूल नाराको साथ लहान महोत्सव २०७५ हुने भएको छ । चैत २५ गतेदेखि २०७६ बैशाख १० गतेसम्म १५ दिन चल्ने महोत्सवमा आर्थिक, सामाजिक, सांस्कृतिक, पर्यटन र कृषि क्षेत्रलाई प्राथमिकतामा राखि महोत्सवको आयोजना गर्न लागेको "लहान महोत्सव " मूल समारोह समितिको प्रथम बैठकमा समितिका अध्यक्ष नगरप्रमुख मुनि साहले जानकारी दिएका छन्।  मूल समारोह समितिको प्रथम बैठकमा बोल्दै महोत्सवबाट उठ्ने रकम पर्यटन क्षेत्रमा लगानी गर्ने लहान नगरप्रमुख मुनि साहले बताउनुभयो ।

मूल समिति अन्तर्गत रहनु भएका ६६९ जनाको २१ उप समिति निर्माण गरिने जानकारी दिँदै प्रमुख साहले भन्नुभयो,‘लहानलाई समृद्ध बनाउनको लागि कृषि र पर्यटनको साथै लहान नगरपाकिाको ग्रामीण र शहरी क्षेत्रमा रहेको मधेशी , थारु ,मुस्लिम संस्कृतिलाई उजागर गर्न महोत्सव  उपयोगी हुनेछ ।’ महोत्सवमा अधिकतम एकलाखदेखि न्यूनतम पाँच हजारसम्म स्टल संचालन गरिनेछ भन्ने प्रति व्यक्ति २५ रुपैया र ज्येष्ठ नागरिक तथा अपाङगको लागि १५ रुपैयाको टिकेट रहने मूल समितिले जनाएको छ । लहानमा रहेको सल्हेश फूलवारी , पकडियागढ , मानिकदह,ब्रम्हान गोडछाडी , राजदेवी स्थान , झौवाई खोल्सी , काव्रे महादेव लगायतका पर्यटक क्षेत्रहरुको विषयमा पूस्तक वितरण गरि प्रचार-प्रसार गरेर विदेशी पर्यटक भित्र्याउने उद्येश्यमा लहान नगरपालिकाले जोड दिएको छ ।

मूल समारोह समितिमको प्रथम बैठकमा विभिन्न राजनीतिक दल , नागरकि समाज, मानव अधिकारकर्मी , पत्रकार,कृषक,व्यापारीका अगुवाहरुले सल्लाह सुझाव दिँदै महोत्सव सफल बनाउन सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । महोत्सवमा नेकपाका केन्द्रिीय सदस्य राम रति राम , जिल्ला उधोग वाणिज्य संघ लहानका अध्यक्ष अशोक लाल अमात्य,लहान ७ का वडा अध्यक्ष राकेश रोशन गुप्ता ,लहान ६ का वडा अध्यक्ष अरुण केसी , मानव अधिकारकर्मी सुनिल साह, जे एस मुरारका बहुमुखी क्याम्पसका प्रमुख तुलसी राम पोख्रेल, एभरेष्ट कलेजका संस्थापक माधव शर्मा , मानवाधिकारकर्मी राजकुमार गुप्ता, लहान ईलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक राजेश थापा,पत्रकार महासंघ सिरहा शाखा अध्यक्ष दिनेश्वर प्रसाद गुप्ता लगायतले आ- आफ्नो क्षेत्रबाट महोत्सव सफल बनाउन पूर्ण रुपले सहयोग गर्ने दृढता व्यक्त गर्नुभयो ।  

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.