शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
मलेठ गाबिस खुल्ला दिसा मुक्त गाबिस घोषणा
माघ २६, २०७३ | शुभ नारायण यादव

सप्तरी, २६ माघ । सप्तरीको मलेठ गाबिस बुधबार एक समारोहबिच ३९ औं खुल्ला दिसा मुक्त एवं पुर्ण खोप गाबिस घोषणा गरिएको छ ।जिल्ला खानेपानी सरसफाई तथा डिभिजन कार्यालय सप्तरी र पिआरडिसीको समन्वय तथा गाबिस स्तरीय खानेपानी सरसफाई तथा स्वच्छता समन्वय समिति मलेठको आयोजनामा भव्य समारोहबिच मलेठ गाबिसलाई खुल्ला दिसा मुक्त एवं पुर्ण खोप गाबिस घोषणा गरिएको हो ।

गाबिस सचिव तथा भिवासिसीका संयोजक भागवत यादवको अध्यक्षता तथा जिल्ला विकास समितिका स्थानीय विकास अधिकारी सुदेव प्रसाद पोखरेलको प्रमुख आतिथ्य एवं जिल्ला खानेपानी सरसफाई तथा डिभिजन कार्यालय सप्तरीका प्रमुख ई.लोकेन्द्र प्रसाद यादवको विशिष्ट आतिथ्यमा आयोजित सो घोषणा समारोहमा युएनह्याविटाटका जिल्ला संयोजक हरी बुढाथोकी ,एसएनभि नेपालका कृष्ण जिसी ,गैसस महासंघका अध्यक्ष शम्भुनन्द चौधरी ,पिआरडीसीका राम बस्नेत ,डिवासिसीका मिथिलेश कुमार यादव ,सबल नेपालका कार्यक्रम संयोजक परमेश्वर झा ,लोकतान्त्रिक गैसस महासंघका अध्यक्ष अर्जुन कुमार यादव ,मलेठ गाबिसमा निवर्तमान गाबिस अध्यक्ष सिताराम यादव ,सदभावना पार्टीका भिमराज यादव लगायतकाहरुले आ आफनो शुभकामना मन्तव्य ब्यक्त गर्नुभएको थियो ।

यसैबिच सोही समारोहबिच मलेठ गाबिसलाई एक घर एक चर्पी निमार्ण कार्यमा सहयोग गर्ने महिला स्वयसेविका ,भिवासिसीका पदाधिकारीहरुलाई दोसल्लाह ओढाएर सम्मान मसेत गरेको छ ।यसअघि सप्तरीको ३८ वटा गाबिस खुल्ला दिसा मुक्त गाबिस घोषणा भईसकेको छ ।

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.