शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
लहानमा साइकल रेस प्रतियोगिता सम्पन्न
फाल्गुन ११, २०७५ | फिरोज शेख

फिरोज शेख लहान २०७५ फागुन ११  -
सिरहाको लहानमा साइकल रेस प्रतियोगिता सम्पन्न भएको छ। नेपाल अबुर्द रोग निवारण संस्था द्वारा संचालित लहान क्यान्सर केयर सेन्टरको  पाँचौ वार्षिक उत्सवको अवसरमा वातावरण शुद्धिकरण अभियान अन्तर्गत साइकल चढ्ने वानीको विकाश गर्न आयोजना गरिएको साइकल रेस प्रतियोगितामा २० वटा स्कुलको कक्षा ९,१०,११ र १२ का छात्राहरुलाई मात्र सहभागी गराइएको थियो। पशुपति आदर्श माविको प्रांगण बाट शुरु भएको ८ किलो मिटर सम्मको रेसमा प्रतेक विद्यालय बाट ८/८ जना छात्राहरु सहभागी भएका थिए। जस अन्तर्गत सगरमाथा मावि विरानगरका छात्रा रचना चौधरी प्रथम, लक्ष्मण लालिता कुशवाहा माविका छात्रा कविता यादव दितिय,  सगरमाथा मावि विरानगरका छात्रा शिव कुमारी यादव तृतीय स्थान प्राप्त गर्न सफल भएका छन् ,भने चौथो स्थान लहान प्यारागन माविका छात्रा गीता चौधरीले प्राप्त गरेकी छन्। अबुर्द रोग निवारण संस्थाका अध्यक्ष अशोक लाल अमात्यको अध्यक्षता तथा प्रदेश सभा सदस्य लगन लाल चौधरीको प्रमुख आतिथ्यमा सम्पन्न पुरस्कार तथा प्रमाण -पत्र वितरण कार्यक्रमा मानवअधिकारकर्मी सुनिल साह, वीर युवा क्लवका अध्यक्ष विरू यादव, इन्सेक जिल्ला प्रतिनिधि दुर्गा परियार, रेडियो सरगम ९३ मेगाहर्जका प्रवन्ध निर्देशक फिरोज शेख , पत्रकार शम्भु यादव लगायत विभिन्न संघ संस्थान र विद्यालय बाट पाल्नु भएका शिक्षक, शिक्षिका तथा छात्र छात्राहरुको उपस्थिति रहेको थियो। विजेताहुने छात्राहरु क्रमस : रचना चौधरी , कविता यादव र शिव कुमारी यादव लाई लेडिज साइकल र प्रमाण - पत्र प्रदान गरिएको छ, भने चौथो हुने गीता चौधरी लाई प्रमाण-पत्र र नगद रु १ हजार उपलब्ध गराइएको छ ।

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.