शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
तीन दिने विज्ञान अनुसन्धान तालिम सम्पन्न
चैत्र ४, २०७५ | फिरोज शेख

फिरोज शेख लहान २०७५ चैत्र ४ - 
सिरहाको लहानमा आयोजित ३ दिने विज्ञान रिसर्च तालिम सम्पन्न भएको छ। रिसर्च म्यानेजमेन्ट सेल र जे।एस। मुरारका वहुमुखी क्याम्पसको आयोजना तथा नेपाल केमिकल सोसाइटी, इस्टर्न च्याप्टर( NCS ) बिराटनगरको सहयोगमा प्रदेश २ स्तरीय ३ दिने विज्ञान रिसर्च तालिम आईतवार सम्पन्न भएको छ । तालिम समापन समारोहमा विज्ञानका विद्वान प्रध्यापकहरुले अनुसन्धनबिनाको विज्ञान लंगडो हुने गरेको बताउनु भएको छ । डा. अमर यादव, डा. राम जीवन यादव लगायतका प्रध्यापकहरुले आ-आफ्नो मन्तव्य राख्ने क्रममा बन्नु भयो ; विज्ञान विषयमा विधार्थीहरुलाई गतिलो बनाउनको लागि अनुसन्धान र प्रयोगशालामा ध्यान दिनु अति आवश्यक रहेक छ । प्रदेश २ मा विज्ञान क्याम्पसहरुको अवस्था र वयवस्था दयनीय भईरहेको वेलामा लहान क्याम्पसले आधुनिक विज्ञान प्रयोगशाला निर्माण गरेर नयाँ प्रयोगको आधारमा अगाडि बढिरहनु सकारात्मक कदम चालेको भन्दै जे,एस मुरारका क्याम्पस प्रदेश २ कै नमूना क्याम्पस बन्ने संभावना रहेको बताउनु भयो।  

क्याम्पस व्यवस्थापन समितिको तर्फबाट जिवछ यादव उदासीले आफ्नो सान्दर्भिक मन्तव्य राख्दै भन्नुभयो; सरकारी र सामुदायिक क्याम्पसहरु मिलेर स्थानीय विधार्थीहरु टिकाउन परम्परागत शैली र विधिबाट होईन, विधार्थी केन्द्रित विधि प्रयोग गरेर अनुसन्धान र प्रयोगशालालाई व्यवस्थित गरेर अघि वढनुपर्छ । सामुदायिक र सरकारी विद्यालयहरुलाई निजी क्याम्पसहरुले विभिन्न भ्रम छरेर घेरावन्दी गरिरहेकोले सिरहा स्थित सत्य नारायण सुर्य नारायण मरबैता क्याम्पस र लहानको जेएस मुरारका क्याम्पस मिलेर जानुपर्ने वेलामा सिरहा क्याम्पसको व्यवस्थापन र शिक्षण फितलो हुनु दुखद पक्ष हो । उहाँले लहान क्याम्पसलाई प्रदेश २ कै नमूना क्याम्पस बनाउन दाता मुरारका परिवार र व्यवस्थापन समिति सन्तुलित भएर क्याम्पसको विकासमा लागि परेकोले विज्ञान र कृषि क्याम्पसको रुपमा यसलाई चिनाउन लागि परेको बताउदै चम्किलो धातुमा पनि खिया लाग्ने गर्छ, लहानका प्रध्यापक, उप प्रध्यापक,शिक्षकहरु आफ्नो शिक्षण कला निखार्न मेहनत गर्नुस चाहिने पूर्वाधार र आवस्यकता पुरा गर्न व्यवस्थापन समिति तयार रहेको विश्वास दिलायउनुभयो ।  

कार्यक्रमका प्रमुख अतिथि व्यवस्थापन समितिका सदस्य केदार मल्लले लहान क्याम्पसको स्तरोन्नती र विश्वसनीय शिक्षण विधि र आवश्यक व्यवस्थापन गर्न सरोकारवालाहरु लाग्नुस् भन्दै राम्रो गर्ने पुरस्कृत अल्छी गर्ने दडित हुने नीति अख्तियार गरेर क्याम्पस अघि वढनेमा जोडदिनुभयो । कार्यक्रमको अध्यक्षता गर्नु भएका जेएस मुरारका बहुमुखी क्याम्पसका प्रमुख तुलसीराम पोखरेलल तीन दिने विज्ञान रिसर्च तालिम कार्यक्रममा रसायनशास्त्र, भौतिक विज्ञान र जीव विज्ञानमा अनुसन्धानको लागि सिकेको ज्ञान सिप व्यवहारिक रुपमा प्रयोगमा ल्याउन विद्वान प्रध्यापकहरुले समय उपलब्ध गराउनु भएकोमा धन्यवाद ज्ञापन गर्नु भएको थियो । 

कार्यक्रमको संचालन सहायक क्याम्पसप्रमुख सज्जन साहले गर्नु भएको थियो भने व्यवस्थापनमा अर्का सहायक क्याम्पस प्रमुख सजय चौधरीले सघाउनु भएको थियो। तालिममा प्रदेश २ को ८ वटै जिल्लाका विज्ञान सम्बन्धि पठन-पाठन हुने क्याम्पस ,निजि कलेज तथा माध्यमिक विद्यालयका करिब ५० जना शिक्षक तथा जे।एस। मुरारका क्याम्पसका विज्ञान संकायमा अध्यनरत करिब ३० जना छात्रछात्रा सहभागी भएका थिए।सहभागी सम्पुर्णलाई प्रमाण -पत्र प्रदान गरिएको छ ,भने नेपाल केमिकल सोसाइटीका अध्यक्ष अमरप्रसाद यादव,डा।सूर्या कान्त कलौनी ,डा।राम जीवन यादव,दिपक कुमार गुप्ता,बुलबुल चौधरी लगायतका प्रशिक्षकहरु लाई होलीको शुभकामना संगै मायाको चिनो सहित सम्मान तथा विदाई गरिएको छ। समापन कार्यक्रममा व्यवस्थापन समिति सदस्य काशिन्द्र प्रसाद यादव ,पूर्व क्याम्स प्रमुख डा. अनिल झा, शेख मिडिया हाउस प्रालि तथा रेडियो सरगम ९३ मेगाहर्जका प्रवन्ध निर्देशक फिरोज शेख  लगायत विभिन्न विभागीय प्रमुखहरुको उपस्थिति रहेको थियो । 

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.