शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
प्रदेश २ समृद्ध नभए, देश समृद्ध हुन सक्दैन :
चैत्र २६, २०७५ | फिरोज शेख

फिरोज शेख - लहान २०७५ चैत्र २६ - 
प्रदेश २ समृद्ध नभए, देश समृद्ध हुन सक्दैन, यस प्रदेशलाई समृद्ध बनाउन कोशी–कमला डाईभर्सन, हुलाकी मार्ग, उद्योग कलकारखाना स्थापना र पूर्वाधार निर्माणमा सरकार लागि परेको मन्त्री पोखरेलले भन्नुभयो । नेपाल सरकारका उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको प्रमुख आतिथ्यमा उद्घाटन गरिएको लहान महोत्सवमा मन्त्री पोखरेलले शुभकामना मन्तव्य राख्ने क्रममा यस्तो बताउनु भयो।  दिगो पर्यटन विकासमा सघाउने उद्देश्यले लहानमा सोमबार देखि पर्यटन, कृषि, व्यापार, सांस्कृतिक लहान महोत्सव शुरु भएको छ। ‘हाम्रो लहान समृद्ध लहान, पर्यटन सहितको सुन्दर नगर निर्माण हाम्रो अभियान’ भन्ने मूल नाराका साथ लहान नगरपालिकाको आयोजनामा लहान महोत्सव २०७५/०७६ लहानको पशुपति आदर्श माध्यमिक विद्यालयको पछाडी ठूलो चौरमा आयोजना भइरहेको महोत्सवमा यस क्षेत्रका स्थानीय उत्पादन, कला संस्कृति, राष्ट्रिय कलाकारको प्रस्तुति, रमाइलो मेला, जातीय खानाको परिकार, विभिन्न साहित्यिक श्रष्टाबाट साहित्यिक कार्यक्रम, वृद्ध, बच्चा र विद्यार्थी लक्षित कार्यक्रम, धार्मिक पर्यटकिय स्थलहरु जस्तै सलहेश फुलवारी, राजदेवी मन्दिर, मानिकदह, काभ्रे महादेव, पकडियागढ, ब्रह्मानस्थान लगायतका पर्यटकिय स्थानहरुको अवलोकनजस्ता कार्यक्रम राखिएको छ । लहानका कला, संस्कृति र धार्मिक स्थलहरुलाई देश विदेशमा प्रचार गर्न र आगन्तुकको संख्या बढाउन महोत्सव फलदायी हुने अपेक्षा गरिएको छ।


त्यस्तै मन्त्रि पोखरेलले वृद्धवृद्धाहरुलाई मध्य नगर गर्दै आगामी आर्थिक वर्षदेखि सरकारले प्रत्येक वृद्धाहरुलाई प्रति महिना ५ हजारका दरले   वृद्धभत्ता उपलब्ध गराइने बताउनु भएको छ। सरकार मधेश विरोधी नभएको धारणा राख्दै मधेशमा गरिएको कामबाट पुष्टि भईरहेको उल्लेख गर्नु भयो ।  कुनै पनि भ्रष्टाचारीहरुलाई यो सरकारले छुट नदिने स्पष्ट पार्दै जनप्रतिनिधिहरुलाई सजग भएर काम गर्न समेत आग्रह गर्नु भएको छ। यसै बीच महोत्सव उद्घाटन कार्यक्रममा सिरहा २ र ३ का संघिय सांसद सुरेशचन्द्र दास र लिलानाथ श्रेष्ठले सिरहामा कृषि पर्यटन र उद्योगधन्दा संचालनको लागि संघिय सरकारले आवश्यक्ताको पहिचान गरि सघाउनुपर्ने धारणा राख्नुभयो । सिरहा १ को (क) प्रदेशसभा सदस्य लगनलाल चौधरीले लहानको सलहेश फूलवारी, राजदेवी मन्दिर ,पकडियागढ, मानिकदह र ब्रम्हान स्थानको विकासको लागि आयोजित लहान महोत्सव २०७५/०७६ ले लिएको समृद्धिको अभियानमा प्रदेश २ को सरकारले सघाउनुपर्ने विश्वाश व्यक्त गर्नु भयो। 

कार्यक्रमको अध्यक्षता गर्नु भएको मूल आयोजक समितिका संयोजक तथा लहान नगरपालिका प्रमुख मुनि साहले लहानको समृद्धि र विकासको गतिलाई अगाडी बढाउन महोत्सवको आयोजना गरिएको बताउँदै केन्द्रिय सरकारले लहानको विकासमा सहयोग गर्ने विश्वाश व्यक्त गर्नु भयो। कार्यक्रमा प्रमुख अतिथि पोखरेललाई मायाँको चिनो र आँपको विरुवा उपहारको रुपमा दिइ दोसल्ला ओढाएर सम्मान गर्नुका साथै उहाको सोमबार जन्म दिन परेको हुनाले कार्यक्रममै मन्त्रि पोखरेलको लागि नगर प्रमुखले केकको व्यवस्था गरि केक काट्न लगाई जन्म दिन मनाएका थिए।  १५ दिन सम्म चल्ने यस महोत्सवमा ५० करोडको कारोवार र चार लाख उपभोक्ता भित्रयाउने लक्ष्य लिईएको मूल आयोजक समितिले जनाइएको छ।

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.