शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
कुस्तीमा पप्पु पहलबानको दबदबा
बैशाख १०, २०७६ | फिरोज शेख

फिरोज शेख लहान २०७६ बैशाख ९ - सिरहाको लहानमा आयोजित लहान महाेत्सवमा बैशाख ४ गतेदेखि जारि कुस्ती (दंगल) प्रतियोगिता अन्तर्गत सोमबार भएको फाइनल तथा समापन कार्यक्रममा नेपाल तथा भारतको ख्याती प्राप्त पहलवानहरु बीच रोमान्चक र घम्साघम्सी कुस्ती (दंगल) खेल भएको थियो। जसमा नेपाल नवलपरासीका पप्पु यादव पहलबानले उत्कृष्ट कुस्ती प्रस्तुत गर्दै भारतका कुस्ती खिलाडीहरु माथि दबदबा कायम गर्दै उपस्थित सम्पूर्ण दर्शकहरुको मन जित्न सफल भएका छन्। प्रतियोगिता अन्तर्गत भारतका निकै चर्चित नाम चलेका खतरनाक कुस्ती खिलाडी काला चिट्ठा पहलबान लाई पप्पु पहलबानले उत्कृष्ट पहलबानी प्रस्तुत गर्दै पराजित गरि उत्कृष्ट भएका छन्। त्यस्तै प्रतियोगिता अन्तर्गत नेपालको तर्फ बाट सिरहा बल्डाराका डोमी पहलबान , लहान ४ का राम शंकर पहलबान, धनुषाका कुस्ती प्रशिक्षक तथा गोलबजार निवासी राजबिर यादवले भारतका अन्य चर्चित पहलबानहरु लाई हराउदै विजय भएका छन्। हजारौ दर्शकहरुको उपस्तिथिमा सम्पन्न कुस्ती प्रतियोगितामा लहान नगरपालिका नगरप्रमुख तथा मूल आयोजक समितिका अध्यक्ष मुनि साह, खेलकुद समितिका संयोजक तथा वडा नम्बर ६ का वडा अध्यक्ष अरुण केसी, वडा नम्बर १८ का अध्यक्ष मोहमद शमशेर , वडा नम्बर २४ का अध्यक्ष कमलदेव यादव, वडा नम्बर ८ का अध्यक्ष विजय महतो ,खेलकुद समितिका सदस्य रमेश गौतम,गणेश पण्डित लगायत नागरिक समाजका अगुवा,वुद्धिजीवि, राजनीतिककर्मी,संचारकर्मीहरुको उपस्तिथी रहेको थियो। खेलकुद अन्तर्गत लहान नगरपालिकाले खेलकुद समिति लाई ९ लाख रकम उपलब्ध गराएको थियो। जस अन्तर्गत पहलबानी,ब्याटमिन्टन,भलिबल,कराते,म्याराथन र म्युजिकल चेयर जस्ता खेलकुद गराइएको खेलकुद समितिका संयोजक अरुण केसीले जानकारी दिएका छन्।

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.