शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
लहानमा पनि १३० औं मजदुर दिवस मनाइदै
बैशाख १८, २०७६ | फिरोज शेख

फिरोज शेख २०७६ बैशाख १८ - 
सिरहाको लहानमा पनि आज विभिन्न कार्यक्रम गरी १३० औं मजदुर दिवस मनाइँदै छ।  राजनीतिक दलमा आबद्ध मजदुर संगठनहरूले विभिन्न कार्यक्रमको आयोजना गरि मजदुर दिवस मनाइरहेका छन् । ८ घण्टा काम, ८ घण्टा आराम र ८  घण्टा मनोरञ्जनका लागि युरोप र अमेरिकाका मजदुरहरूले गरेको संघर्षको सम्झनामा प्रत्येक वर्ष मे १ तारिखमा अन्तर्राष्ट्रिय मजदुर दिवस मनाउने गरिन्छ। १७ औं शताब्दीमा भएको संघर्षले मजदुरहरुले यो अधिकार प्राप्त गरेका थिए । सन् १८९० देखि हरेक वर्ष मे १ मा संसारभर मजदुर दिवस मनाउने गरिन्छ। नेपालमा सन् १९६३ देखि अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाउन थालिएको हो।  दिवसको अवसरमा नेपाल सरकारले आज देशभर सार्वजनिक बिदा दिएको छ । आज बुधबार शैक्षिक संस्था लगायत सबै सरकारी कार्यालय बन्द रहेका छन्।

यसै बीच सिरहाको लहानमा जिल्ला हरवा चरवा अधिकार मंच ,भुमि अधिकार मंच,जी फन्ट , नेपाल ट्रेड युनियन कांग्रेस,आर डि एन को आयोजना तथा द फ्रिडम फण्ड , एक्सनएड नेपालको सहकार्य र समृद्ध फाउनडेशन लहान, भवानी एकीकृत विकाश केन्द्र , दलित जनकल्याण युवा क्लव लहान, दलित विकास मंच , गोलबजारको समन्वयमा  श्री पशुपति आदर्श माविको प्रांगण बाट मजदुरको हक अधिकारका लागि विभिन्न नारा सहित जातीय छुवाछुत विरुद्ध सामाजिक सद्भाव तथा जनचेतना फैलाउने उदेश्य बोकी पद यात्रामा निस्केका सामाजिक अभियन्ता तथा पत्रकार अशोक दर्नाल , समाजसेवी होम राज आचार्य तथा रिता परियार सहित हजारौको संख्यामा रहेका महिला तथा पुरुष श्रमिकहरुको सहभागितामा र्याली निकाली लहान नगर परिक्रमा गरि लहान नगरसभाको हलमा पुगी सभामा परिणत भएको छ। सभालाई प्रतिनिधि सभा सदस्य पदम नारायण चौधरी तथा नगर प्रमुख मुनि साहले सम्बोधन गर्ने कार्यक्रम रहेको आयोजकले जानकारी दिएका छन। 

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.