शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
लामखुट्टे (मच्छर ) नियन्त्रण अभियान २०७६ को शुभारम्भ
बैशाख २९, २०७६ | फिरोज शेख

फिरोज शेख लहान २०७६ बैशाख २९ - 
तराइ मधेशमा गर्मि बढे संगै हिजोआज घरघरमा लामखुट्टेको आतंक सुरु भएको छ । हरेक व्यक्ति लामखुट्टेले निम्त्याउन सक्ने रोगको जोखिममा रहेका छन् । लामखुट्टेको टोकाई बाट मलेरिया, डेंगु, इन्सेफलाइटिसजस्ता विभिन्न रोग लाग्ने गरेको छ। विश्व स्वास्थ्य संगठनको एक तथ्यांकका अनुसार लामखुट्टेको टोकाइका कारण प्रत्येक वर्ष करिब दस लाख मानिसको मृत्यु हुने गरेका छन । त्यसैले लामखुट्टेको टोकाइका कारण हुनसक्ने रोगको संक्रमणबाट बच्न लहान नगरपालिकाले आइतबार देखि लामखुट्टे (मच्छर )  किटजन्य रोग नियन्त्रण अभियान २०७६ को शुभारम्भ गरेका छन। लहान नगरपालिकाको आयोजना तथा नेपाल सरकारको सहयोगमा लहान बजार वडा न. ७ मा अवस्थित राम मन्दिर बाट लहान नगरपालिकाका नगर प्रमुख मुनि साहले यस अभियानको शुभारम्भ गर्नु भएको छ।

 लहान नगरपालिकाको २४ वटै वडामा रहेको २४ हजार घर धुरीमा ४५ दिन सम्म चल्ने यस अभियानमा ४२ जना फोरम्यान परिचालन गरिएको छ।  भने लहान नगरपालिकाले यस अभियानका लागि १६ लाख बजेट छुट्याएको नगर प्रमुख साहले जानकारी गराएका छन। लामखुट्टे (मच्छर ) नियन्त्रण अभियान अन्तर्गत आइतबार देखि पहिलो चरणमा वडा न.५ र ७ मा माधव कुमार राउतको नेतृत्वमा प्रतेक टोलमा ४/४ जनाको समुह बनाएर प्रतेक घरमा पुगी लामखुट्टे नियन्त्रण गर्ने औषधि छर्किने कार्यक्रम रहेको नगर प्रमुख साहले जानकारी गराउनु भयो। | यस अभियानलाई सफल बनाई दिनहुँन नगरपालिका सम्पूर्ण  जनसमुदाय, विभिन्न वडाका वडा अध्यक्ष,नागरिक समाजका अगुवा ,संचारकर्मी,वुद्धिजीवी नगरवासीमाहरुमा नगरप्रमुख साहले आग्रह समेत गर्नु भएको छ ।

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.