शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
लहान नगरपालिका द्वारा ब्याग वितरणको कार्यक्रम शुभारम्भ
जेठ १७, २०७६ | फिरोज शेख

फिरोज शेख लहान २०७६ जेठ १७ - 
" सबै बालबालिकाहरु लाई विधालय पठाऔ " नेपाललाई शिक्षित देश बनाऔ " मूल नाराका साथ लहान नगर भित्रका सामुदायिक विद्यालयमा अध्यनरत कक्षा २ का छात्र तथा छात्राहरुलाई स्कुल ब्याग वितरण कार्यक्रमको शुभारम्भ लहान नगरपालिका वडा न. २४ मा अवस्थित श्री दलित भानुभक्त आधारभूत विद्यालय डाँडाटोलमा अध्यनरत २ कक्षाका ३७ जना बालबालिकाहरु लाई नगरप्रमुख मुनि साहले ब्याग वितरण गरि गर्नु भएको छ।लहानको विकट ठाउँमा रहेको उक्त आधारभूत विधालयमा नगरप्रमुख साहको हात बाट वाल विकाश कक्षाको समेत उद्घाटन गरिएको छ। ४ जना शिक्षकहरुको दरवन्दी रहेको उक्त विधालयमा वाल विकाश कक्षा देखि कक्षा ३ सम्म अध्यन-अध्यापन भईरहेको प्र.अ. ह्रदय कुमार यादवले जानकारी दिएका छन्। भौगोलिक तथा विकाशका दृष्टिकोणले निकै पछि परेका डाँडाटोलमा बिजुली बत्तिको समस्या,खाने पानीको समस्या,सडकको समस्या, बर्षको बेला सर्पको बिगबिगी हुँदा टोकाइको समस्या, सवास्थ चौकीको समस्या लगायतका समस्या बाट त्यहाका बासिन्दाहरु पिरोली रहेको स्थानीयहरु बताउछन। 

यसै बीच कार्यक्रमा लहान नगरपालिका वडा न.६ का अध्यक्ष अरुण केसी,लहान १३ का अध्यक्ष इश्वर बहादुर बस्नेत , लहान नपाका शिक्षा संयोजक राज कुमार साह , विद्यालय निरीक्षक भवानी कटेल , नेपाल राष्टिय शिक्षक इकाई संघ समितिका अध्यक्ष जिबछ यादव, संचारकर्मी जिवछ उदासी,फिरोज शेख   लगायत शिक्षा प्रेमी ,वुद्धिजीवी , अभिभावक,विद्यार्थीहरुको उपस्तिथी रहेको थियो। त्यस्तै वडा न.२४ मै रहेको जनता आधारभूत विद्यालय मानिकदह झिटकीका २४ जना विद्यार्थी , लेखनाथ आधारभूत विद्यालय मलहनमाका  ४५ जना विद्यार्थी , जनता आधारभूत विद्यालय यादवटोलका ९ जना विद्यार्थीहरु लाई समेत व्याग वितरण गरिएको छ।

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.