शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
प्रहरी कार्यलयमै झुण्डिएको अवस्थामा महिलाको शव फेला
असाड ९, २०७६ | फिरोज शेख

फिरोज शेख लहान २०७६ असार ९ - 
सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका महेशवारीमा रहेको प्रहरी कार्यालयमा एक महिला झुण्डिएको अवस्थामा शव फेला परेको छ। आईतवार विहान करिब ७ बजेको समयमा शौचालयमा सुमनदेवी ठाकुरको शव झुण्डिएको अवस्थामा शव फेला पर्दा घटना रहस्मय बनेको छ। ईलाका प्रहरी कार्यालय लहानका डिएसपी भेषराज रिजालका अनुसार: सुमनदेवी लाई चोरीको मोबाइल बेच्न लाग्दा विशेष सुराकीको आधारमा  शनिवार पक्राउ गरि लहानको ईलाका प्रहरी कार्यलयमा ठाउँ अभावको कारण महेश्वारी प्रहरी हिरासतमा पठाइएको थियो । उनि संगै चेक बाउन्स मुद्दामा पक्राउ परेकी एक जना महिलालाई पनि त्यही पठाएका थियो। दुवै जना संगै सुतेको र आइतबार विहान उठेर प्रहरी कार्यलयको परिसरमै कुराकानी गरिरहेका थिए। एक छिन पछि बैंककिङ्ग कसुरमा पक्राउ परेकी महिलाले त्यहाका प्रहरीलाई चिया खाने भनेर भनिन प्रहरी दुवै जनाको लागि चियाको प्रवन्ध गर्न गएको बखत सुमनदेवीले अचानक पेट दुख्यो भनेर शौचालयमा गएको र १५ / २० मिनेट हुँदा पनि फर्केर नआउदा शंका लागि महिला प्रहरी हेर्न जाँदा सुमनदेवी शौचालयको भेन्टिलेशनमा आफ्नै साडीमा झुन्डिएर आत्महत्या गरेको अवस्थामा फेला परेको र हाल शव लाई पोष्टमार्टमका लागि लहान अस्पतालमा रखिएको छ, मृत्क सुमनदेवीका पति तथा आफन्तले जहा पोष्टमार्टम गराउन भन्नु हुन्छ, त्यही पोष्टमार्टम 
गरिने बताएका छन्। 

सप्तरी खड्क नगरपालिका वडा नम्बर ७ घर भई हाल लहान बस्दै आएकी २५ वर्षीय सुमनदेवी मोबाइल चोरीमा पक्राउ परेको हुँदा लोकलाजको कारण शौचालयको भेन्टिलेशनमा आफ्नै साडीमा झुन्डिएर आत्महत्या गरेको प्रहरीको दावी छ । शव फेला परेपछि सखुवानन्कारकट्टी गाउँपालिका  अध्यक्ष केदार यादवका टोलीले घटना रहस्मय रहेको भन्दै केहीबेर प्रहरी विरुद्ध खनिएको थियो ।घटनाको वास्तविकतावारे अझै अनुशन्धान जारि रहेको जिल्ला प्रहरी कार्यलय सिराहाका एसपी उमा प्रसाद चतुर्वेदीले बताउनुभयो। मृत्क सुमनदेवीका पति लक्ष्मण ठाकुर आक्रोशित हुँदै घटनाको वास्तविक पता लगाउँन सबै समक्ष माँग गरेका छन्।

सप्तरी कल्याणपुर घर भएकी २५ वर्षीया ठाकुरको घरको आर्थिक अवस्था कमजोर छ । उनी यसअघि पनि चोरीको आरोपमा पक्राउ परेकी थिइन् । यसअघि १८ चैत ०७५ मा चोरीको मुद्दामा पक्राउ परेपछि उनका पति लक्ष्मणले ४२ हजार रुपैयाँ धरौटी राखेर ठाकुरलाई सिरहा अदालतबाट छुटाएको प्रहरीको भनाइ छ । पहिलो पतिसँग सम्बन्धविच्छेदपछि उनले पाँच वर्षअघि लक्ष्मण ठाकुरसँग विवाह गरेकी थिइन् । 

रेडियो सरगमले आफ्नो सातौ वार्षिक उत्सव
आश्वीन ११, २०८० | सरगम खबर समाचारदाता
यामाहा द्वारा FZ -S V3 को
भाद्र २८, २०८० | फिरोज शेख
हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.