शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
सप्तऋषि अस्पतालको रक्तदान कार्यक्रम सम्पन्न
असाड २१, २०७६ | फिरोज शेख

फिरोज शेख लहान २०७६ असार २१ -
सिरहाको लहानमा रहेको सप्तऋषि अस्पताल लहानले शनिबार रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । अस्पतालले नेपाल रेडक्रस सोसाइटी लहानको सहकार्यमा सप्तऋषि अस्पतालको परिसरमा रक्तदान कार्यक्रम सम्पन्न गरेको हो । अस्पतालका मेडिकल निर्देशक डाक्टर पशुपति चौधरीको अध्यक्षता तथा वडा न.३ का वडा अध्यक्ष राम दयाल महतोको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा अस्पतालका मेसु डाक्टर सुभाष बाबु साह, डाक्टर रन्जिता जयसवाल, डाक्टर अरुण कुमार साह, अस्पताल प्रवन्धक ऋषि रंजन चौधरी,  शेख मिडिया हाउस प्रालि तथा रेडियो सरगम ९३ मेगाहर्जका प्रवन्ध निर्देशक फिरोज शेख लगायत अस्पतालका कर्मचारी,मेडिकल इस्टिच्युटका विद्यार्थीहरु लागायतको उपस्तिथी रहेको थियो।

रक्तदान कार्यक्रमको शुरुवात अस्पताल प्रवन्धक ऋषि रंजन चौधरी , फिजियोथेरापिष्ट डा. अरुण साह , एचआरडिसी इन्चार्ज भोगेन्द्र महतो र दिपक रायले आफ्नो रगतदान गरेर गरेका थिए। कार्यक्रममा अस्पतालका कर्मचारी,मेडिकल इस्टिच्युटका विद्यार्थीहरु, सर्वसाधारण र डाक्टरहरु सहित ३९ जनाले रक्तदान गरेका छन। जसमा महिला २५ जना र १४ जना पुरुष रहेका छन। अस्पतालका मेसु शुभाष बाबुका अनुसार अस्पतालले यस कार्यलाई आप्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत लिएको र आगामी दिनहरुमा समेत निरन्तर रुपमा यस्ता प्रकारका सामाजिक कार्य गर्दै जाने बताउनु भएको छ। कार्यक्रमा रक्तदान गर्नु हुने सम्पुर्णलाई प्रमुख अतिथि महतोको हात बाट  प्रसंशा -पत्रले सम्मान गरिएको छ " भने प्रमुख अतिथि वडा अध्यक्ष राम दयाल महतो र संचारकर्मी फिरोज शेखलाई अस्पतालका मेडिकल निर्देशक डाक्टर पशुपति चौधरीले मायाको चिनो तथा कदर -पत्रले सम्मान गर्नु भएको थियो।

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.