शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
मुख्य मन्त्रि राउत द्वारा मुस्लिम छात्रा विद्यालयको उद्घाटन
साउन ३१, २०७६ | फिरोज शेख

फिरोज शेख लहान २०७६ श्रावन ३१ - 
मुस्लिम समुदायले आफ्नै लगानीमा मुस्लिम छात्राका लागि छुट्टै विद्यालय स्थापना गरेका छन् । लहान नगरपालिका वडा नम्बर १९ छरापट्टीमा   मुस्लिम बालिकाको पठनपाठनका निम्ति स्थानीय मुस्लिम समुदायले विद्यालय स्थापना गरेका हुन्।सिरहा लगायत यस क्षेत्र वरिपरिका मुस्लिम महिला तथा बालिकालाई अध्यन अध्यापनका निम्ति लहान नगरपालिका १९ छरापट्टीमा स्थापना भएको जामिया वसियतुल बनात नामक इस्लामिक महिला विद्यालयको एक कार्यक्रमका विच उद्घाटन गरिएको छ। विद्यालयमा धार्मिक शिक्षासहित नेपाल सरकारको पाठयक्रम अनुसार उर्दु, हिन्दी र अंग्रेजी विषयको पठनपाठन गराइने जामिया वसियतुल बनात विद्यालयका अध्यक्ष हाजी मोहम्मद हबिबले बताउनु भयो।
उनले प्रदेश २ सरकारद्वारा घोषित ‘बेटी पढाउ, बेटी बचाउ’ कार्यक्रमलाई सघाउ पुर्‍याउने जनाए । नवस्थापित मुस्लिम छात्रा विद्यालयमा औपचारिक शिक्षा र व्यावसायिक व्यावहारिक शिक्षाका लागि सिलाइ कटाइ, बुनाइ, कम्प्युटर शिक्षा लगायत जीवनोपयोगी विषयको पठनपाठन समेत गराइने योजना रहेको अध्यक्ष हाजी मोहम्मद हबिबले जानकारी गराए।

लहान १९ छरापट्टीका मुस्लिम समुदायको सक्रियतामा स्थापित विद्यालयको विहिबार प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले उद्घाटन गर्नु भएकोछ। विद्यालय उद्घाटन गर्दै मुख्यमन्त्री राउतले मुस्लिम महिला विद्यालयमा मुस्लिम महिला बालबालिकाको पठनपाठन, महिला शिक्षामा प्रभावकारी भूमिका निर्बाह गर्ने बताए । शिक्षाको क्षेत्रमा सबभन्दा पछाडि परेका तराई मधेसका मुस्लिम महिला बालबालिकाको निम्ति विद्यालय स्थापना गर्नु प्रशंसनीय भएको बताए । यसले प्रदेश सरकारले घोषणा गरेको ‘बेटी पढाउ, बेटी बचाउ’ अभियानलाई समेत सहयोग पुग्ने मुख्यमन्त्री राउले विश्वास व्यक्त गरेका छन् । मुख्यमन्त्री राउतले प्रदेश सरकारले छोरीहरूको शिक्षा र रोजगारीको अवसरका निम्ति योजना निर्माणमा लागेको जनाए । छोरा र छोरीलाई समान किसिमको शिक्षा, दीक्षा, अवसर प्रदान गर्न सके मात्रै समानतामा आधारित विकास समभव हुने भएकोले महिला बालबालिकालाई प्रभावकारी शिक्षा प्रदान गर्नका निम्ति अभिभावकहरू अग्रसर हुनुपर्ने बताउदै यस आर्थिक वर्ष देखि प्रदेश २ को ८ वटै जिल्लाको सामुदायिक विद्यालयमा अध्यनरत महिला बालबालिकाको निम्ति प्रतेक महिना ५ सयको दरले खाजा भत्ता उपलब्ध गराउने योजना समेत रहेको बताउनु भयो। प्रदेश सरकारले बेटी पढाऊ, बेटी बचाऊ कार्यक्रमअन्तर्गत शिक्षा बीमा, महिलामैत्री शौचालय निर्माणजस्ता कार्यक्रमलाई अघि बढाउदै महिला सशक्तीकरणमा प्रदेश २ लाई अग्रपङ्क्तिमा राख्ने लक्ष्यका साथ प्रदेश २ सरकार अगाडी बढिरहेको समेत जिकिर गर्नुभयो। 

यस क्षेत्रका मुस्लिम समुदायले आर्थिक सहयोग जुटाएर ७ कट्ठा क्षेत्रफल जमिनमा स्थापना गरेको ‘जामिया वसियतुल बनातमा १ सय मुस्लिम वालबालिका अध्ययनरत रहेको मौलाना हाजी साकिर हुसैनले जानकारी दिनु भयो। मुस्लिम विद्यालयलाई मावि तह कक्षा ११ र १२ कक्षासम्म पठनपाठन गराउने योजना रहेको सुनाउँदै हाजी हुसैनले विद्यालय सञ्चालनका निम्ति राज्यले सहयोग गर्नुपर्ने बताए। उद्घाटन कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधि, वुद्धिजीवी ,नागरिक समाज,वुद्धिजीवी,मुस्लिम समुदायका अगुवा, संचारकर्मी लगायत स्थानीय भद्रभलादमीहरुको उपस्तिथी रहेको थियो । 

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.