शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
लहानमा फाहोर व्यवस्थापन समस्यालाई समाधान गर्न गरिएका प्रयास
भाद्र २६, २०७६ | सरगम खबर समाचारदाता

लहान । लहान नगरमा बढदै गएको फाहोर व्यवस्थापन समस्यालाई समाधान गर्न गरिएको प्रयासहरुलाई लहान नगरपालिकाले प्रेस बक्तव्य मार्फत जानकारी गराएका छन् ।बुधबार नगरपालिकामा जारी प्रेस बक्तव्यमा भनिएको छ– ‘हाम्रो लहान सुन्दर र समृद्ध लहान’को मूल नारा अनुसार फोहोर व्यवस्थापन केन्द्रलाई व्यवस्थित गर्न, फोहोरलाई मोहर बनाउन र फोहोर जन्य लेदोलाई प्रसोधन गरी कृषि मल बनाउन नगरपालिकाले एक करोडबजेट, वाटर एड, नेपाल नगरपालिकका संघ, एन्फो र फेकल कार्यक्रम अन्तर्गत ५ करोड भन्दा बढीको सम्झौता भई डिपीआर निर्माणको चरणमा रहेको अवस्थामा केही राजनीतिक दलको उक्साहटमा लहान नगरपालिका वडा नं. ४ का वडा अध्यक्ष रामनाथ पंडितको नेतृत्वमा फोहोर व्यवस्थापन केन्द्रमा फोहोर फाल्न अवरोध गर्दै आईरहेको छ ।

नगर प्रमुख मुनी साहले जारी गरेको बक्तव्यमा लेखिएको छ– लहान नगरपालिकाले फोहोर व्यवस्थापन केन्द्रको रुपमा लहान ४ स्थित बलान र खुट्टी खोलाको दोभानमा रहेको ८ बिघा जग्गमा २०७१ सालदेखि नै फोहोर व्यवस्थापन गर्दे आइरहेको भएपनि विगत ६ महिनादेखि फोहोर व्यवस्थापनमा अवरोध भएको सबैमा विदितै छ ।

फोहोर व्यवस्थापन केन्द्र बन्द गर्न संघिय समाजवादी पार्टीका माननीय सांसद सरीता गिरीले उच्च अदालत जनकपुर राजविराज इज्लासमा दर्ता गरेको रिट निवेदन उपर उच्च अदालतले अन्तरिम आदेश जारी गर्नु पर्ने अवस्था नदेखिएको भनि आदेशजारी गरिसकेको अवस्थामा पनि फोहोर व्यवस्थापन केन्द्रमा अदालतको फैसला विपरित फोहोर व्यवस्थापन गर्न रोक लगाउने, हुल हुज्जत गर्ने जस्ता कार्यहरु भैरहेको नगरवासीमा प्रेस बक्तव्य मार्फत जानकारी गराइएको छ ।

नगर प्रमुख साहले डेंगु रोगको संक्रमणफैलिरहेको अवस्थामा लामो समयदेखि नगरको फोहोर उठाउन अवरोध गर्दा कुनै पनि बेला विभिन्न रोगको संक्रमण फैलिन सक्ने अवस्था प्रति लहान नगरपालिका अत्यन्त गम्भिर रहेको जानकारी दिनु भयो ।

प्रेस बक्तव्यमा जनाए अनुसार फोहोर व्यवस्थापनका लागि लहान नगरपालिकाले गरिएको प्रयासहरु जस्ताको त्यस्तै यस प्रकार रहेको छ ।

१) २०७१ बैसाख २४ गते न.पा को प्रमुख तथा कार्यकारी अधिकृत महेन्द्र ख्याम्याङको अध्यक्षतामा २६ दलिय संयन्त्रको ब्यबस्थापन केन्द्र राख्न  बैठकबाट लहान नपाको ४ नंम्बर वडामा ३५ बिघा पर्ती चट्टान मध्ये (८ बिघामा) फोहोर ब्यबस्थापन केन्द्र राख्ने निर्णय भएको

२) २०७१ साल जेठ  २८ गतेप्रमुख कार्यकारी अधिकृतको अध्यक्षतामा लहान वडा नंम्बर ४ का अगुवा समाजका ब्यत्तिहरुले सो ठाँउमा फोहोर ब्यबस्थापन केन्द्र सहमति भए गरेको ।

३) २०७१ साल भाद्र ३१ गते २६ दलिय बैठक तथा न.पाको बोर्ड बैठकबाट नेपाल संघीय सरकार मामिला तथा स्थानीय विकास मन्त्रालयबाट प्राप्त जगेडा कोषबाट फोहोर मैला व्यवस्थापन केन्द्र लहान ४ का लागि बजेट १ करोड १ लाख विनीयोजन गरी संरचना र्निण्माण गरेको ।

४) २०७१ साल भाद्र देखि २०७५ साल चैत्र २९ गते सम्म निर्वाध रुपले संचालित उक्त फोहोर व्यवस्थापन केन्द्रमा अवरोध सिजृना गरेको ।

५) फोहोर व्यवस्थापन केन्द्रको अवरोध हटाउने समबन्धि कारवाहीहरु ः

क) मिति २०७६, ०१, ०४मा इलाका प्रहरी कार्यालयमा पत्र पठाएको ।

ख) मिति २०७६, ०१, ०९ मा र्गह मन्त्रालयमा पत्र पठाएको ।

ग) मिति २०७६, ०१, २७ मा जिल्ला प्रशासन कार्यालयमा पत्र पठाएको ।

घ) मिति २०७६, ०१, २९ मा जिल्ला प्रशासन कार्यालयले पत्र पठाएको ।

ङ) मिति २०७६, ०१, ३१ मा गृह मन्त्रालयमा बोद्यार्थ पत्र पठाएको ।

च) मिति २०७६, ०१, १६ मा गृह मन्त्रालयले बोद्यार्थ पत्र पठाएको ।

छ) मिति २०७६, ०२, ०२ मा जिल्ला प्रशासन कार्यालयले बोद्यार्थ पत्र पठाएको ।

ज) मिति २०७६, ०२, १७ मा जिल्ला प्रशासन कार्यालयले बोद्यार्थ पत्र पठाएको ।

६) माननीय सरिता गिरीले उच्च अदालत राजविराजमा फोहोर नफल्न निषेधज्ञा मुद्दा दिइएको ।

७) मिति २०७६, असार१० गते यस नपाको नगरसभाको बैठकबाट माननीय सरिता गिरी माथी खेद प्रस्ताव पारित गरेको ।

८) २०७६ जेष्ठ गते प्रमुुख जिल्ला अधिकारी, जिल्ला प्रहरी प्रमुखको उपस्थितीमा सर्वदलिय, तथा सर्व पक्षिय वैठकबाट २०७६ असार ६गते पछि फोहोर व्यवस्थापन गर्न सहमति भए पनि कार्यान्वयन नभएको ।

९) २०७६, ०५, १८ गते उच्च अदालतबाट स्टे अर्डर (निषेधाज्ञ) खारेज गरि दिएको ।

१०) २०७६, ०५ १९ गते उच्च अदालतको र्निणय पछि फोहोर फाल्न जादा फेरी फाल्नबाट रोक्का गरेको ।

११) २०७६, ०५, २१ गते नपा र सर्वदलिय बैठकबाट फोहोर फाल्नु पर्छ मौखीक सहमति भएपछि २०७५, ०५, २३ गते पुनः सर्वदलिय बैठकमा समाजवादी पार्टी तथा राजपा वाडा नं. ४ को अध्यक्ष अनुपस्थिति भै बैठक निर्णय विना टुङिग्एको छ ।

अब समस्या समाधानका लागि गरिने प्रयासहरु ः

१) डेगु, कालाजारको प्रकोप नियन्त्रण गर्नु पर्ने ।

२) दशै, तिहारको मुखमा सरसफाई अति आवश्यक भएको ।

३) लहान नगरपालिकाले २०७६÷०४÷०९ को निर्णय र २०७६ भाद्र ५ गतेको सुचना अनुसार सरसफाई सम्वन्धी कार्य सञ्चालनगर्नुपर्ने ।

४) तोकिएकै ठाउँमा फोहर व्यवस्थापन केन्द्रलाई व्यवस्थित गरी संचालन गर्ने ।

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.