शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
भन्सार छलीका सामान सहित एक पक्राउ
मंसिर १३, २०७६ | फिरोज शेख

फिरोज शेख लहान २०७६ मंसिर १३ - 
सिरहा प्रहरीले भन्सार छलीका सामान सहित एक जना लाइ पक्राउ गरेको छ।प्रहरीले औरही गाउपालिका २ पिप्रा स्थित प्रहरी चौकी औरही सिरहाबाट खटिएको टोलीले चेकजाँच गर्दा भारतबाट भन्सार छली नेपाल तर्फ ल्याउदै गरेको २ बोरा कपडा अन्दाजी मुल्य रु,२० हजार र  किराना सामान अन्दाजी मुल्य रु, १७ हजार गरी जम्मा अन्दाजी रु,३७ हजार बराबरको  सामान र जिल्ला सिरहा औरही गाउपालिका ५ बस्ने वर्ष २२ को राजेन्द्र प्रसाद साह समेतलाई नियन्त्रणमा लिई जिल्ला भन्सार कार्यालय माडर, सिरहामा बुझाएको जिल्ला प्रहरी कार्यलय सिरहाले जनाएको छ।
   
त्यस्तै सिरहा नगरपालिका २१ पिप्रा स्थितमा प्रहरी चौकी लकडीगोठ सिरहाबाट खटिएको गस्ती टोलीले चेकजाँच गर्दा भारतबाट भन्सार छली नेपाल तर्फ ल्याउदै गरेको राजनिवास अन्दाजी जम्मा  मल्य रु,२ हजार बराबरको सामान नियन्त्रणमा लिई भन्सार कार्यालय माडर, सिरहामा बुझाएको जिल्ला प्रहरी कार्यलय सिरहाले जनाएको छ।

त्यस्तै सिरहा प्रहरीले अवैध मदिरा बरामद गरि नष्ट गरेका छन्। प्रहरीले कर्जन्हा नगरपालिका ३ टिकापुर स्थित ईलाका प्रहरी कार्यलय बन्दिपुर सिरहाबाट खटिएको टोलीले चेकजाँच गर्दा  कच्चा पदार्थ अन्दाजी ५० लिटर, तयारी मदिरा अन्दाजी २५ लिटर र मदिरा बनाउन प्रयोग हुने भाडावर्तन सहित नियान्त्रणमा लिई स्थानिय प्रतिनिधिहरुको रोहवरमा नष्ट गरिएको जिल्ला प्रहरी कार्यलय सिरहाले जनाएको छ।  
 
यसै बीच सिरहा प्रहरीले अवैध गाँजा फडानी गरि नष्ट गरेका छन् । ईलाका प्रहरी कार्यलय अर्नामा सिरहाबाट खटिएको टोलीले अर्नामा गाउपालिका ३ स्थित  विभिन्न ठाँउहरुमा लगाएको अबैध गाँजाको अन्दाजी ३५० बोट  बिरुवाहरु फडानी गरी स्थानिय प्रतिनिधीहरुको रोहवरमा  नष्ट गरिएको जिल्ला प्रहरी कार्यलय सिरहाले जनाएको छ।

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.