शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
११ लाखसहित २ हुुण्डी कारोबारी पक्राउ
मंसिर १३, २०७६ | फिरोज शेख

फिरोज शेख लहान २०७६ मंसिर १३ - 
भारतबाट नेपाली रुपैयाँ १३ लाख बोकेर आउँदै गरेका एक नेपाली र एक भारतीय हुण्डी कारोबारी पक्राउ परेका छन् ।भारतको मधुवनी जिल्ला लौकाहा बाट लुकाइ छिपाइ ल्याउँदै गरेको ११ लाख नेपाली रुपैयाँ सहित एक नेपाली रामशंकर यादव र एक भारतीय नागरिक अशोक कुमार झा लाई प्रहरीले सिरहाको भगवानपुर गाउँपालिका ४ स्थित ठाडि भगवानपुर सडक खण्डमा पक्राउ गरेको हो । भारतको लौकाहा बाट आउँदै गरेको बी आर ३२ एच ०३३५ नम्बरको मोटरसाइकल लाई रोकि चेकजाच गर्ने क्रममा भारत मधुवनी जिल्ला लौकाहा पंचायत वडा न। १२ बस्ने बर्ष ३० को अशोक कुमार झाको साथ बाट नेपाली रुपैया रु।२ लाख र जिल्ला सिरहा भगवानपुर गा।पा। ४ बस्ने बर्ष ३० को रामशंकर यादवको साथ बाट नेपाली रुपैया रु।९ लाख गरी जम्मा नेपाली रुपैया रु। ११ लाख बरामद गरी मोटरसाइकल सहित दुवै जनालाई आन्तरिक राजश्व कार्यालय ईटहरीमा बुझाएको ईलाका प्रहरी कार्यालय लहानका प्रहरी नायव उपरीक्षक भेष राज रिजालले जानकारी दिनुभयो। 
पक्राउ परेको यादव र झा व्यवसायीक हुण्डी करोवारी हुन् । लामो समयदेखि लौकाहाका व्यपारीसँग मिलेर हुण्डी कारोबार गर्दै आइरहेको  प्रहरीले जनाएका छन्।

 

लहानबाट लागूऔषध सहित तिन पक्राउ
माघ २०, २०८० | फिरोज शेख
सिरहाको लहानबाट हतियार सहित ३ जना
कार्तिक २१, २०८० | फिरोज शेख
लागूऔषध सहित एक जना पक्राउ
कार्तिक १८, २०८० | फिरोज शेख
अवैध कपडा लोड गरिएको पिकअप सहित
कार्तिक १३, २०८० | फिरोज शेख
हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.