ताजा समाचार
गोलबजार जेसिजको तेस्रो पदस्थापना तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न || १५ लाख भन्दा बढी मुल्य बराबरको सुन र लागु औषध || भिजिट लहान महोत्सव २०२० हुँदै || नेपाल अर्वुद्ध रोग निवारण संस्थाको छेठौं बार्षिकोत्सब सम्पन्न || आधारभूत तहमा मातृभाषा अनिवार्य हुनुपर्ने : अभियन्ता चौधरी || एनएमबीले सिरहामा ल्यायो " प्रोजेक्ट स्वरोजगार " कार्यक्रम || एभरेष्ट कलेजको २१ औ वार्षिक उत्सव सम्पन्न || ७० औं प्रजातन्त्र दिवस लहानमा पनि मनाइयो || सखुवानन्कारकटीमा आयोजित १० दिने दोस्रो झण्डा महोत्सव सम्पन्न || लहान जेसीज २०२० को अध्यक्षमा बसन्त || लहान अस्पतालले बन्द गरेका सबै सेवा सुरु || नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ प्रदेश २ को दोस्रो || मालपोतमा नेपाल बैंकको एक्सटेन्सन काउन्टर || नेकपा अध्यक्ष प्रचण्ड द्वारा दोस्रो झण्डा महोत्सवको उद्घाटन || भोजपुरी सिनेमाका चर्चित नायक निरहुआ र नायिका आम्रपाली रौतहट आउदै || लहानमा एकीकृत बस्तिको सिलान्यास || सखुानन्कारकट्टीमा दोस्रो झण्डा महोत्सव हुँदै || सिरहा प्रहरी द्वारा जुवा तास खेल्ने ११ जना पक्राउ || बालविवाह र दहेज लेनदेनको खबर प्राप्त भए प्रहरीलाई तत्काल खबर || लहान नगरपालिकामा साक्षरता कक्षा संचालन हुने || क्रियाशील दलित पत्रकार संघ प्रदेश २ अध्यक्षमा मणिलाल || नेपाल आयुर्वेद औषधी व्यवसायी संघ प्रदेश २ को प्रथम अधिवेशन || अतिक्रमण गरि बनाइएका घर-टहरा हटाउने अभियान जारि || सुरक्षित गर्भपतन सम्बन्धि संचारकर्मीहरुसंगको अन्तरक्रिया कार्यक्रम सम्पन्न || सिरहा प्याब्सनको ८ औ वार्षिक साधारण सभा सम्पन्न || लहान बसपार्क शुक्रबार देखि सञ्चालनमा || लागु औषध सहित ८ जना पक्राउ || लहान नगरपालिकाको पाँचौ नगरसभा सम्पन्न, १ अर्ब ६२ करोड बजेट || लहान स्मार्ट फेशन शो २०२० को उपाधि शशि गोइत लाई || मिस्टर एण्ड मिस सिरहा २०२० को उपाधि विकाश र सुप्रिया || विश्व सरसफाई अभियानमा लागेका लहनाका टोली आज लहानमा || मिस्टर एण्ड मिस सिरहाको फिनाले आज हुदै || डाँका मुद्दाको फरार प्रतीवादी र लागु औषध सहित ५ पक्राउ || एनआइसी एसियाको ‘न्यु सुपर चमत्कारिक निक्षेप योजना’सार्वजनिक || लोकमार्गमा अतिक्रमण गरी बनाइएका घर-टहरा हटाउन शुरु || प्राविधिक शिक्षा नै आजको आवश्यकता : मुख्यमन्त्री राउत || मिस्टर एण्ड मिस सिरहाको फिनाले पौष २५ गते हुदै || पक्राउ परेका सडक कर्मचारी लाई गुण्डा प्रयोग गरी फसाएको आरोप || सडक डिभिजन कार्यालय लहानका प्रमुख सहित तीन जना पक्राउ || सडक अतिक्रमण गरी बनाइएका टहरा हटाउन शुरु ||

एकीकृत बस्ती र विद्यालय भवन हस्तान्तरण


फिरोज शेख मंसिर २३, २०७६

फिरोज शेख लहान २०७६ मंसिर २३ - 
सिरहाको लहानमा एक कार्यक्रमका बीच एकीकृत बस्ती र विद्यालय भवन हस्तान्तरण गरिएको छ। लहान नगरपालिका वडा नम्बर ५ खुट्टी खोला किनारको बलुवा टोलमा झुपडी बनाएर बसोवास गर्दै आएका पाँच डोम परिवारलाई पाँच वटा घर हस्तान्तरण गरिएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गत "तराई मधेस समृद्धि कार्यक्रमको ९० लाख र नगरपालिका तथा उपभोक्ता समितिको नौ लाख दुई हजार गरी ९९ लाख दुई हजार रुपैयाँको लागतमा निर्मित १० वटा पक्की घर मध्ये पाँच वटा डोम परिवारलाई घर हस्तान्तरण गरिएको हो । लहान नगरपालिकाका नगर प्रमुख मुनि साह सुडीले रिवन काटेर एकीकृत बस्तीको उद्घाटन गर्दै कार्यक्रम स्थलमा प्रमाण -पत्र र साचो सहित नव निर्मित एकीकृत बस्तीको पाँच घर हस्तान्तरण गरेका हुन् । दुई वटा सुत्ने कोठा, भान्सा, शौचालय र बरण्डा सहितको पक्की घर पाउदा वर्षौंदेखि झुपडीमा बस्दै आएका स्थानीय डोमहरु निकै खुशी हुँदै तराई मधेस समृद्धि कार्यक्रमका सम्पूर्ण पदाधिकारी संगै लहान नगरपालिकालाई धन्यवाद ज्ञापन गरेका छन्। बस्ती हस्तान्तरण गर्दै मेयर साहले गरिब, बिपन्न र दलितहरुका लागि दिइएको घरमा बसेर आयआर्जनका कामसँगै छोराछोरीको शिक्षामा विशेष ध्यान दिन आग्रह गर्दै सरसफाईमा पनि विशेष ध्यान दिन आग्रह गर्नु भयो। बस्तीमा बनेका १० घर मध्ये तत्काल पाँच परिवालाई हस्तान्तरण गरिएको भएपनि वडा कार्यालयको सिफारिश र निर्णयसहित थप पाँच परिवारको नाम प्राप्त भएपछि बाँकी घर समेत हस्तान्तरण गरिने योजना रहेको समेत स्पष्ट पार्नु भयो । घर पाउनेहरुमा लहान ५ का दहनी मरिक,जोगेन्द्र मरिक, विनोद मरिक, प्रमोदकुमार मरिक र धनसिं मरिकसहित पाँच परिवार डोम छन् । 

यसै बीच लहान ५ शिव मन्दिरको अगाडी संचालनमा रहेको शिवशक्ति आधारभूत विद्यालयलाई स्थान्तरण गर्दै विद्यालयका लागि खुट्टीखोलाको पश्चिम किनारमा निर्मित नयाँ पाँच कोठे भवन समेत शिवशक्ति आधारभूत विद्यालयलाई नगर प्रमुख साहले विद्यालय प्रशासनलाई हस्तान्तरण गरेका छन्। तराई मधेस समृद्धि कार्यक्रमको ५० लाख र नगरपालिका तथा उपभोक्ता समितिको पाँच लाख २९ हजार गरी ५५ लाख २९ हजार रुपैयाँको लागतमा निर्मित भवन हस्तान्तरण गरिएको हो । भवन हस्तान्तरण सँगै लहान ५ मा पर्ने तीनवटा आधारभूत विद्यालयको कक्षा १ मा अध्ययनरत १ सय २३ जनालाई स्कुल पोशाक र टिफिन बक्स समेत वितरण गरिएको छ। कार्यक्रममा एकीकृत बस्ती र विद्यालय भवन निर्माणमा अतुल्य योगदान पुर्याउनु हुने ३ जना लाई कदर-पत्र सहित सम्मान गरिएको थियो। कार्यक्रमको अध्यक्षता लहान नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष सुलेमान मिया अन्सारीले गर्नु भएको थियो। कार्यक्रममा उप-प्रमुख सरियार चौधरी , प्रमुख प्रशासकीय अधिकृत खेमनन्द भुषाल, शस्त्र प्रहरी लहानका डिएसपी अर्जुन सापकोटा लगायत विभिन्न वडाका वडा अध्यक्ष र सदस्यहरु , शिक्षक, नागरिक समाज ,वुद्धिजीवी, समाजसेवी,वडावासी, विद्यार्थी, अभिभावक लगायतको उपस्तिथी रहेको थियो।

Comment Box

गोलबजार जेसिजको तेस्रो पदस्थापना तथा पुरस्कार वितरण कार्यक्रम बुधबार सम्पन्न...

लागु पदार्थ नियन्त्रणमा नाम कमाउन सफल भएको लहान प्रहरीले संभवत...

" हाम्रो लहान समृद्ध लहान ,पर्यटन सहितको सुन्दर नगर नगर...

नेपाल अर्वुद्ध रोग निवारण संस्था,लहान क्यान्सर केयर सेन्टर लहान,सिराहाको छेठौं...

मैथिल समाज वुटवलका अध्यक्ष तथा मातृभाषाका अभियन्ता मुखिलाल चौधरीले आधारभूत...

एनएमबी बैंकले दिगो विकासको लागि दिर्घकालिन उदेश्यको साथ अवसरहरुको सिर्जना...

लहान ३ मा अवस्थित लहान एभरेष्ट कलेज तथा एभरेष्ट एजुकेशनल...

१०४ वर्षीया जहानियाँ राणा शासन अन्त्य भई देशमा प्रजातन्त्र बहाली...

‘कला संस्कृति हाम्रो स्वभिमान,समृद्ध सखुवानन्कारकटी हाम्रो पहिचान’भने मूल नाराका साथ...

लहान सिटिजेसीजको साधारण सभाको निर्वाचन प्रक्रिया बाट सन् २०२० का...

सिरहाको लहानस्थित रामकुमार सारडा उमाप्रसाद मुरारकका (राउ) स्मारक अस्पतालमा कार्यरत...

" गुणस्तरीय उत्पादन,मर्यादित व्यपार ,नीति निर्माणमा पहुँच सांगठनिक आधार "...

सिरहाको लहानमा अवस्थित मालपोत कार्यलयमा नेपाल बैंक लिमिटेडले एक कार्यक्रमका...

कला संस्कृति हाम्रो स्वभिमान,समृद्ध सखुवानन्कारकट्टी हाम्रो पहिचान " भने मूल...

पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले रौतहटको मौलापुर नगरपालिकाले फागुन ५ र...

सिरहाको लहानमा एकीकृत बस्ति निर्माण तथा खेल मैदान सिलान्यास कार्यक्रम...

" कला संस्कृति हाम्रो स्वभिमान,समृद्ध सखुवानन्कारकट्टी हाम्रो पहिचान " भने...

सिरहा प्रहरीले जुवा तास खेल्ने ११ जना लाई पक्राउ गरेका...

समाजमा भइरहेको बालविवाह र दहेज लेनदेनको खबर प्राप्त भए तत्काल...

सिरहाको लहान नगरपालिकाको प्रत्येक वडामा साक्षरता कक्षा संचालन हुने भएको...

क्रियाशील दलित पत्रकार संघ नेपालको २ नम्बर प्रदेश स्तरीय प्रथम...

नेपाल आयुर्वेद औषधी व्यवसायी संघ प्रदेश २ को प्रथम अधिवेशन...

सिरहा जिल्लाको मुख्य व्यपारिक केन्द्र लहानमा सडक अतिक्रमण तथा ऐलानी...

सुरक्षित गर्भपतन सम्बन्धि संचारकर्मीहरु संगको अन्तरक्रिया कार्यक्रम सिरहाको लहानमा सम्पन्न...

निजी तथा आवासीय विद्यालय अर्गनाईजेशन (प्याब्सन) सिरहाको ८ औ वार्षिक...

जग्गामा ४ करोड भन्दा बढी लागानी गरि निर्माण गरेको लहान...

सिरहा प्रहरीले .लागु औषध सहित ८ जना लाई पक्राउ गरेका...

लहान नगरपालिकाको पाँचौ नगरसभा सम्पन्न भएको छ। सम्पन्न पाँचौ नगरसभा...

सिरहाको लहानमा मंगलबार राति सम्पन्न लहान स्मार्ट फेशन शो एण्ड...

सिरहाको लहानमा शुक्रबार अबेर राति सम्पन्न मिस्टर एण्ड मिस सिरहा...

" म मेरो देशमा फोहर गर्दिन " मूल नाराका साथ...

सिरहाको लहानमा मिस्टर एण्ड मिस सिरहा २०२० सिजन २ को...

सिरहा प्रहरीले डाँका मुद्दाका एक फरार प्रतीवादी लाई पक्राउ गरेको...

एनआइसी एसिया बैंकले ‘न्यु सुपर चमत्कारिक निक्षेप योजना’ सार्वजनिक गरेको...

सिरहा जिल्लाको मुख्य व्यपारिक केन्द्रको रुपमा पहिचान बनाउन सफल लहानमा...

सिरहाको लहानमा अवस्थित जेएस मुरारका बहुमुखी क्याम्पसको ३२ औ वार्षिकउत्सव...

सिरहाको लहानमा मिस्टर एण्ड मिस सिरहा २०२० सिजन २ को...

सडक डिभिजन कार्यालय लहानका प्रमुख विनोद साहलगायत तीन जना कर्मचारीलाई...

सिरहाको लहान स्थित रहेको सडक डिभिजन कार्यालयका प्रमुख बिनोद साह...

सिरहा जिल्लाको मुख्य व्यपारिक केन्द्रको रुपमा पहिचान बनाउन सफल लहानमा...