शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
सडक डिभिजन कार्यालय लहानका प्रमुख सहित तीन जना पक्राउ
पौष १८, २०७६ | फिरोज शेख

फिरोज शेख लहान २०७६ पुष १८ - 
सिरहाको लहान स्थित रहेको सडक डिभिजन कार्यालयका प्रमुख बिनोद साह सहित तीन जनालाई अख्तियार दुरूपयोग अनुसन्धान आयोगको टोलीले लहानमा पक्राउ गरेको छ । सडक डिभिजन कार्यालयको निजी क्वाटरमा शुक्रबार साँझ करिब ७ बजे प्रमुख बिनोद साह नगद रु ३ लाख र इन्जिनियर नविन साह संगै विरेन्द्र साह १५ लाख ९६ हजार रकम सहित पक्राउ परेको प्रहरी स्रोतले जानकारी दिएका छन। पक्राउ परेका तिनै जनालाई ईलाका प्रहरी कार्यलय लहानमा राखी अनुसन्धान भइरहेको बुझिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासबाट खटिएको टोलील उनीहरुलाई १८ लाख ९६ हजार घुस रकम सहित पक्राउ गरेको जनाएको छ । रुपनीदेखि राजविराज हुँदै कुनौलीसम्मको सडकमा निर्माण सम्पन्न गरेपछि बाँकी भुक्तानीका बेला ठेकेदारसँग घुस मागेका उनीहरुलाई पक्राउ गरिएको अख्तियारले जनाएको छ ।पक्राउ गरिएको तीनै जनालाई अख्तियारको टोलीले थप अनुसन्धानका लागि बर्दिबास लगेको छ ।

लहानबाट लागूऔषध सहित तिन पक्राउ
माघ २०, २०८० | फिरोज शेख
सिरहाको लहानबाट हतियार सहित ३ जना
कार्तिक २१, २०८० | फिरोज शेख
लागूऔषध सहित एक जना पक्राउ
कार्तिक १८, २०८० | फिरोज शेख
अवैध कपडा लोड गरिएको पिकअप सहित
कार्तिक १३, २०८० | फिरोज शेख
हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.