शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
लोकमार्गमा अतिक्रमण गरी बनाइएका घर-टहरा हटाउन शुरु
पौष २२, २०७६ | फिरोज शेख

फिरोज शेख लहान २०७६ पुष २२ - 
सिरहा जिल्लाको मुख्य व्यपारिक केन्द्रको रुपमा पहिचान बनाउन सफल लहानमा सडक अतिक्रमण गरी बनाइएका पुर्व -पश्चिम लोकमार्गमा निर्माण गरिएका घर,टहरा,छाप्रो,साइनबोर्ड,ठेला पसल ,फलफुल पसल लगायतका अतिक्रमित पसलहरु लहान नगरपालिकाले मंगलबार देखि धमाधम हटाउन शुरु गरिएको छ। लहान नगरपालिकाले नगर सरसफाई अभियान अन्तर्गत लहानको शहिद चौकमा पर्ने पुर्व-पश्चिम लोकमार्गको ३१ मिटर सिमा क्षेत्रमा बनेको वा बनाइएको घर,टहरा,छाप्रो,साइनबोर्ड,ठेला पसल,फलफुल पसल लगायतका कुनै पनि संरचना धमाधम हटाउन थालेको हो। सडक खाली गर्न पटकपटक समय दिँदा पनि पसलेहरुले अटेरी गरेपछि नगरपालिकाले पुर्व सुचनाको आधारमा मंगलबार देखि अतिक्रमित सडकका जग्गाहरु खाली गराउदै सडक थुपारेर राखिएका बालुवा,गिट्टी,ईटा ,ढुंगा,छड समेत ट्रयाक्टरमा हाली जफत गरेका छन्। ईलाका प्रसाशन कार्यलय लहानका प्रमुख कमलराजभण्डारी,ईलाका प्रहरी कार्यलय लहानका डिएसपी शरत थापा क्षेत्री,शास्त्रका डिएसपी प्रेम रावल, नगरपालिकाबाट खटिएका नगर प्रहरी र सरसफाई कर्मचारीको संयुक्त सहभागितामा सडक अतिक्रमण हटाउने अभियान थालेको हो। यसै बीच ३१ मिटर भित्र पर्ने पक्कि घरहरुका केहि भाग हटाउन घरधनीलाई १ साताको अल्टिमेटम दीइएको जानकारी प्राप्त भएको छ।

 

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.