शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
लागु औषध सहित ८ जना पक्राउ
माघ २, २०७६ | फिरोज शेख

फिरोज शेख / शेख मिडिया हाउस प्रालि लहान २०७६ माघ २ -
सिरहा प्रहरीले .लागु औषध सहित ८ जना लाई पक्राउ गरेका छन्। लहान न.पा.३ स्थित  ईलाका प्रहरी कार्यलय लहानबाट खटिएको प्रहरी टोलीले स.११ प.८०१, स.८ प.७९८१, स.७ प.७८५४ नम्बरको मोटरसाईकल लाई चेकजाँच गर्ने क्रममा  जिल्ला सिरहा लहान न.पा. ८ बस्ने वर्ष २२ को राकेश कुमार महतो,वर्ष २० को कान्छा महतो, वर्ष २२ को सुमित गुप्ता, लहान २ बस्ने वर्ष २५ को लक्ष्मेश्वर महतो, वर्ष २६ को धनिकलाल महतोको साथबाट लागु औषध गाँजा १० ग्राम ६७० मिलिग्राम, ब्राउन सुगर १ ग्राम ९० मिलिग्राम  फेला पारी मोटर साइकल सहित नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यलय सिरहाका प्रमुख उमा प्रसाद चतुर्वेदीले जनाएको छ। 

त्यस्तै भगवानपुर गाउपालिका ५ इनर्वा स्थित प्रहरी चौकी ठाडीबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा  जिल्ला सिरहा, लहान न.पा.५ बस्ने वर्ष २० को मोहमद समिरको साथबाट लागु औषध फेनारगन ७ एम्पुल,डाजिल्याव ७ एम्पुल, नामलेबल नभएको ७ एम्पुल फेला परी निज समेतलाई नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यलय लहानबाट थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यलय सिरहाले जनाएको छ।   

यसै बीच सिरहा नगरपालिका १६ खिरौना स्थित प्रहरी चौकी खिरौनाबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा सिरहा २ बस्ने वर्ष १९ को राम भरोसी मूखिया र कल्याणपुर नगरपालिका २ बस्ने वर्ष १८ को अजित कुमार मुखियाको साथबाट लागु औषध नाईट्रोभेट २५ ट्याबलेट,नर्फिन १ एम्पुल, फेनारगन १ एम्पुल,डाईजेपाम १ एम्पुल, SARAP १ पिस, एमिल १ पिस सहित पक्राउ गरी जिल्ला प्रहरी कार्यलय सिरहा बाट थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ।

सिरहा प्रहरीले अवैध गाँजाको बोट  बिरुवाहरु नष्ट गरेका छन् । ईलाका प्रहरी कार्यलय अर्नमाबाट खटिएको प्रहरी टोलीले अर्नमा गाउ पालिका ३ र ४ स्थित खेती गरिएको अन्दाजी १६० अवैध गाँजाको बोट बिरुवाहरु फडानी गरी स्थानिय प्रतिनिधिहरुको रोहवरमा नष्ट गरीएको जिल्ला प्रहरी कार्यलय सिरहाले जनाएको छ। 

यसै बीच सिरहा प्रहरीले सम्मानित जिल्ला अदालत सिरहाको मिति २०७१।०६।०२ गतेको फैसला आदेशले “कुटपिट” मुद्दामा २ महिना ९  दिन कैद र ५ हजार रुपैंया जरीवाना ठहर भई फरार रहेका प्रतिवादी  जिल्ला सिरहा, औरही गा.पा.२ बस्ने वर्ष ५० को गंगा यादवलाई जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको प्रहरी टोलीले निजकै घर वतनमा लुकी छीपि बसेको अवस्थामा पक्राउ गरी सम्मानित जिल्ला अदालत सिरहामा बुझाएको जिल्ला प्रहरी कार्यलय सिरहाले जनाएको छ।  
  
यसै बीच सिरहा प्रहरीले भन्सार छलीका सामानहरु समेत पक्राउ गरेका छन्। अर्नमा गा.पा.३ लालपुर चौक स्थित ईलाका प्रहरी कार्यलय अर्नमा बाट खटिएको गस्ती टोलीले प्रदेश २-०१-००१ ह.०३८५  नम्बरको आटोलाई चेकजाँच गर्ने क्रममा भारतबाट भन्सार छली नेपालतर्फ ल्याउँदै गरेको किराना सामान अन्दाजी मुल्य रु.४५ हजार सहित जिल्ला सिरहा बिष्णुपुर गा.पा.१ बस्ने वर्ष २२ को धर्मेन्द्र यादव र वर्ष २३ को राम बिलेक्षण यादवलाई नियन्त्रणमा लिई आवश्यक कार्वाहीको लागी भन्सार कार्यालय माडर,सिरहामा बुझाएको जिल्ला प्रहरी कार्यलय सिरहाले जनाएको छ।

त्यस्तै लहान न.पा. १९ छरापट्टी स्थित ईलाका प्रहरी कार्यलय लहानबाट खटिएको गस्ती टोलीले चेकजाँच गर्ने क्रममा भारतबाट भन्सार छली नेपालतर्फ ल्याउँदै गरेको कपडा मुल्य रु.१९ हजार ३ सय ५० बराबरको कपडा नियन्त्रणमा लिई आवश्यक कार्वाहीको लागी भन्सार कार्यालय ठाडी,सिरहामा बुझाएको छ। भने लहान न.पा. १९ कटहा चौक स्थित ईलाका प्रहरी कार्यलय लहानबाट खटिएको गस्ती टोलीले चेकजाँच गर्ने क्रममा भारतबाट भन्सार छली नेपालतर्फ ल्याउँदै गरेको खाने पानी कलको वासर २३० पिस मुल्य रु ४ हजार ६ सय , जाली ५ थान मुल्य रु ५ हजार २ सय ५०, विडी १० बन्डल मुल्य रु १ हजार र दुई वटा साईकलको मुल्य रु २ हजार गरी जम्मा अन्दाजी मुल्य रु ११ हजार ८ सय ५० बराबरको सामान बरामद गरी आवश्यक कार्वाहीको लागी भन्सार कार्यालय ठाडी,सिरहामा बुझाएको जिल्ला प्रहरी कार्यलय सिरहाले जनाएको छ। 

लहानबाट लागूऔषध सहित तिन पक्राउ
माघ २०, २०८० | फिरोज शेख
सिरहाको लहानबाट हतियार सहित ३ जना
कार्तिक २१, २०८० | फिरोज शेख
लागूऔषध सहित एक जना पक्राउ
कार्तिक १८, २०८० | फिरोज शेख
अवैध कपडा लोड गरिएको पिकअप सहित
कार्तिक १३, २०८० | फिरोज शेख
हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.