शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
आधारभूत तहमा मातृभाषा अनिवार्य हुनुपर्ने : अभियन्ता चौधरी
फाल्गुन १०, २०७६ | फिरोज शेख

फिरोज शेख / शेख मिडिया हाउस प्रालि २०७६ फागुन १० - 
मैथिल समाज वुटवलका अध्यक्ष तथा मातृभाषाका अभियन्ता मुखिलाल चौधरीले आधारभूत तहमा मातृभाषाको पढाइ अनिवार्य हुनुपर्ने बताएका छन् । सङ्गोर मिथिला नेपाल लहान सिरहा द्वारा अंतरराष्ट्रीय मातृभाषा दिवस २०२० का अवसरमा शुक्रबार आयोजित प्रशिक्षण तथा नगरस्तरीय  वक्तृत्वकला प्रतियोगितामा चौधरीले सामुदायिक तथा संस्थागत विद्यालयमा मातृभाषाको पढाइलाई अनिवार्यरुपमा लागू गर्न जोड दिए । उनले भने, ‘मातृभाषामा शिक्षा भन्ने भनाइलाई प्रभावकारी बनाउनुपर्छ । भाषा आफैँमा एउटा नियम हो । जब ती कुरामा राम्रो ज्ञान भयो भने अरु भाषा सिक्न सजिलो हुन्छ । व्याहारिकरुपमा भाषाको ज्ञान हुनु जरुरी छ । जुन भाषा बोलीमा मात्र सीमित हुन्छ । त्यो भाषा सधैं टिकाउ हुन सक्दैन । यसका लागि लिपिको विकास गर्नुपर्छ ।’

कार्यक्रममा नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका प्राज्ञ धिरेन्द्र प्रेमर्सि तथा रुपा झाले मातृ भाषाको जग बलियो भएमात्र अन्य भाषा बलियो हुने बताए । जातीय पहिचान मातृभाषाका माध्यमबाट हुनुपर्छ भन्दै  व्यक्तिले जन्म लिँदा आमाको काखमा सिक्ने भाषा नै मातृभाषा भएको बताउनुभयो । उहाँका अनुसार कुनै पनि व्यक्तिलाई आफ्नो, घर, परिवार र समुदाय प्यारो लागे जस्तै हरेक व्यक्तिलाई मातृभाषाको महत्व हुन्छ उनले सङ्घ, प्रदेश, पालिका तथा वडा तहमा समेत मातृभाषाको शिक्षा परिचालनका लागि र बालबालिकालाई शिक्षामा गुणात्मक शिक्षा प्रदान गर्नका लागि स्थानीय तहमा नै मातृभाषी समुदायलाई मातृभाषाप्रति सचेत गराउनुपर्नेमा जोड दिए ।
कार्यक्रमा लहान नगरपालिका वडा नम्बर ६ का अध्यक्ष अरुण केसी ,संचारकर्मी जिवछ उदासी र फिरोज शेखले  नेपालमा चार प्रतिशत मानिसले मात्र मातृभाषाको प्रयोग गरेको बताउँदै नेपालका धेरै मातृभाषा लोप हुन लागेकाले यसबारे अभिमुखीकरण गर्नुपर्ने तथा घर र विद्यालयमा एकै भाषा प्रयोग हुनुपर्ने बताउदै मातृभाषामा गीत, गजल, कथा, कविता, उपन्यास, निबन्ध, नाटक, समालोचना, खण्डकाव्यलगायत साहित्यिक विधामा महिलाको उपस्थिति हुनुपर्ने बताए।

यसै बीच अन्तर्राष्ट्रिय मातृभाषा दिवसको अवसरमा सङ्गोर मिथिला नेपालले २ वटा कार्यक्रम अन्तर्गत  मातृभाषा प्रशिक्षण प्रतियोगिता र वक्तृत्वकला प्रतियोगिता लहान ३ मा अवस्थित संकल्प बाटिका स्कुलमा सम्पन्न गरेको छ। सङ्गोर मिथिला नेपालका अध्यक्ष शिवशंकर प्रसाद गुप्ताको अध्यक्षता तथा  मातृभाषाका अभियन्ता मुखिलाल चौधरीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमको विशिष्ट अतिथिहरुमा धीरेन्द्र प्रेमर्षि , रुपा झा ,अरुण के.सीे, मिथिला टाइम्सका सम्पादक रामरिझन यादव, मैथिली संरक्षण समितीका  डा. रामसेवक सिहं, डा. महेन्द्र नारायण चौधरीको,संचारकर्मी फिरोज शेख ,जिबछ उदासी यादव रहेका थिए । कार्यक्रमको पहिलो सत्रको अध्यक्षता तेजु मैथिलले गरेका थिए भने मुख्य प्रशिक्षक गजेन्द्र गजुर ,अतिथी प्रशिक्षक रामरिझन यादव , सहजकर्ता नारायण मधुशाला , हृदय नारायण यादव, सत्य नारायण पंडितद्वारा ३२ जना सहभागि विद्यार्थीहरु लाई प्रशिक्षण दिएका थिए।

त्यस्तै दोस्रो सत्र अन्तर्गत भएको वक्तृत्वकला प्रतियोगितामा ९ जना प्रतियोगी सहभागी भएका थिए। जसमा पहिलो सत्र अन्तर्गत भएको  प्रशिक्षणका विजेता ( प्रथम )  शिवम रेन्बो स्कुलका लक्ष्मण साह, दितिय प्रिन्सटन सिटी स्कुलका योगेश यादव र तृतीय श्री जनता डोमी चौधरी मावि पर्सा पोखरभिण्डाका रंजित साह भएका छन। भेने वक्तृत्वकला अन्तर्गत प्रथम संकल्प बाटिकाका रविन्द्र कामति दितिय मदरल्यान्ड एजुकेशनल एकेडमीका प्रिया झा र तृतीय स्थानमा शिवम रेन्बो स्कुलका पुजा साह भएकी छिन। प्रतियोगिताको निर्णायक समितिमा सल्लाहकार फिरोज शेख,साहित्यकार जिवछ उदासी,कोषाध्यक्ष गायत्री सिहं रहेका थिए । त्यस्तै  कार्यक्रममा संचारकर्मी लाल बिहारी यादव,रामसेवक सिहं, अशोक कुमार सहनी लगायत सङ्गोर मिथिलाका सदस्य ,विभिन्न विद्यालयका प्रतिनिधि , विद्यार्थीहरु उपस्तिथी रहेको थियो।

रेडियो सरगमले आफ्नो सातौ वार्षिक उत्सव
आश्वीन ११, २०८० | सरगम खबर समाचारदाता
यामाहा द्वारा FZ -S V3 को
भाद्र २८, २०८० | फिरोज शेख
हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.