शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
नेपाल अर्वुद्ध रोग निवारण संस्थाको छेठौं बार्षिकोत्सब सम्पन्न
फाल्गुन ११, २०७६ | फिरोज शेख

शेख मेडिया हाउस प्रालि २०७६ फागुन ११ - 
 नेपाल अर्वुद्ध रोग निवारण संस्था,लहान क्यान्सर केयर सेन्टर लहान,सिराहाको छेठौं बार्षिकोत्सब सिराहा क्षेत्र नं.१( क) का प्रदेश सदस्य लगन लाल चौधरीको प्रमुख आतिथ्य तथा संस्थाका अध्यक्ष अशोक लाल अमात्यको अध्यक्षतामा सनिबार सम्पन्न भएको छ ।कार्यक्रममा विशिष्ट अतिथिको रूपमा लहान नगरपालिकाका मेयर मुनी साह तथा ईलाका प्रशासन कार्यालय,लहानका प्रमुख कमलराज भण्डारी रहनुभएको थियो ।कार्यक्रमका प्रमुख अतिथि लगन लाल चौधरीले -"शिक्षा ,स्वास्थ्य र सामाजिक सुरक्षा नगरको गहना हो । यी कुरामा हामी पछाडि परेमा नगरको शोभा रहदैन । त्यसैगरी वहाले रा उ स्मारक अस्पतालको जग्गा अस्पतालको आफ्नै स्वामित्वमा नभएको हुंदा अस्पतालको स्तर उन्नति बिकासमा बाधा आईपरेको बताउनुभएको छ । 
त्यसैगरी विशिष्ट अतिथिको रुपमा लहान न.पा. का मेयर मुनि साहले -" लहान क्यान्सर केयर सेन्टर ,लहानलाई लहान नगरपालिकाले वार्ड नं.१८ को पकडियागढको छेउमा सार्वजनिक एलानी जग्गामा दुई बर्षको भित्रमा संचालन गर्नुपर्ने शर्तमा उपलब्ध गराईएको तर वार्ड नं.१८ का जनतामा जुन उत्साहका साथ जुन जग्गा दिएका थिए, त्यसमा निराशा आएको सुन्नमा आएको हुँदा यथाशीघ्र सिल्यानास गर्नुपर्ने" कुरामा जोड दिनुभयो ।
     त्यसैगरी अतिथिको रूपमा जे.एस.मुरारका बहुमुखी क्याम्पस,लहानका क्याम्पस प्रमुख तुलसी राम पोखरेल,एभरेष्ट कलेज,लहानका प्राध्यापक चक्रपाणी दाहाल,नेवा: समाज,लहानका अध्यक्ष रबिन्द्र श्रेष्ठ सहित विभिन्न संघ ,संस्थाका प्रतिनिधि, स्वास्थ्यकर्मी, बुद्धिजीवी,ब्यापारी तथा नागरिक समाजको व्यापक सहभागिता रहेको थियो ।

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.