शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
भिजिट लहान महोत्सव २०२० हुँदै
फाल्गुन ११, २०७६ | फिरोज शेख

फिरोज शेख / शेख मिडिया हाउस प्रालि लहान २०७६ फागुन ११ - 
" हाम्रो लहान समृद्ध लहान ,पर्यटन सहितको सुन्दर नगर नगर निर्माण हाम्रो अभियान " भन्ने मूल नाराका साथ भिजिट लहान महोत्सव २०२० को आयोजना भइरहेको सनिबार पत्रकार सम्मेलन मार्फत जानकारी गराइएको छ। लोकप्रिय जनसेवा केन्द्र लहान ३ को आयोजनामा यहि मिति २०७६ साल फागुन १६ गते देखि २६ गते सम्म लहान ३ होस्पिटल चौक देखि २०० मिटर दक्षिण कटहा जाने सडक खण्डमा भिजिट लहान महोत्सव २०२० को आयोजना हुन् लागेको लोकप्रिय जनसेवा केन्द्रका अध्यक्ष ज्ञान कुमार महतोले जानकारी दिए।
पत्रकार सम्मेलनमा कृषि तथा उपकरणहरु,विभिन्न उपभोग्य सामानहरु,लताकपडा,घरायसी तथा दैनिक प्रयोजनका विविध सामग्रीहरुको व्यपार,व्यवसाय तथा प्रदर्शनी , परम्परागत भेषभूषा तथा संस्कृति जगेर्ना , कृषिलाई आधुनिकीकरण गर्न प्रोत्साहन, हस्तकला तथा घरेलु उत्पादनहरुको प्रदर्शनीका साथै नेपाल सरकारले घोषणा गरेको पर्यटन वर्ष २०२० सफल बनाउन आन्तरिक तथा बाह्रय पर्यटन भित्राउनका लागि महोत्सवको आयोजना गर्न लागेको आयोजक समितिले जनाएका छन्।

५० रुपैया टिकट दर रेट रहेको उक्त महोत्सवमा प्रतेक दिन  स्थानीय , राष्ट्रिय तथा अन्तराष्ट्रिय कलाकारहरुको बेजोड प्रस्तुति , व्यपार तथा व्यवसाय,परम्परागत भेषभूषा झल्किने सांस्कृतिक कार्यक्रम,विधार्थीहरुद्वारा विज्ञान तथा प्रविधि प्रदर्शनी,कृषि उपजहरुको प्रदर्शनी,स्वास्थ्य शिविर , बच्चाहरुका लागि फनपार्क, विभिन्न मनोरंजनात्मक झुला तथा क्रियाकलाप  तथा चेतनामूलक कार्यक्रमहरु हुने जनाइएको छ। महोत्सवको उद्घाटन फागुन १६ गते शुक्रबार दिनको १२ बजे प्रदेश २ का मुख्य मन्त्रि लालबाबु राउतको प्रमुख आतिथ्यमा उनको हात बाट हुने आयोजक समितिले जनाएका छन्। महोत्सवमा अहिले ६० वटा स्टलहरु निर्माण गरिएपनि आवश्यकता अनुसार अझ बढाउदै जाने समेत आयोजकले जनाएका छन । सम्मेलनमा महोत्सव समितिका अध्यक्ष सहित पत्रकार सम्मेलनका संयोजक जितेन्द्र महतो,महोत्सवका संयोजक चन्द्र नारायण कुशवाहा , उपाध्यक्ष ललित नारायण महतो सहित अतिथिहरु लहान ३ का वडा अध्यक्ष राम दयाल महतो , राम प्रकास सिंह लगायतको उपस्तिथी रहेको थियो।

रेडियो सरगमले आफ्नो सातौ वार्षिक उत्सव
आश्वीन ११, २०८० | सरगम खबर समाचारदाता
यामाहा द्वारा FZ -S V3 को
भाद्र २८, २०८० | फिरोज शेख
हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.