शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
लहान नगरपालिका द्वारा राहत वितरण शुरु
चैत्र २६, २०७६ | फिरोज शेख

फिरोज शेख लहान २०७६ चैत्र २६ बुधबार - 
कोरोना भाइरस (कोभिड– १९) को संक्रमण फैलिने जोखिम घटाउन पछिल्लो १६ दिनदेखि जारी लकडाउनको कारण अप्ठ्यारोमा परेका लहानका अति विपन्न, ज्यालादारी मजदुर एवं असहाय परिवारलाई लहान नगरपालिकाले बुधबार देखि राहत वितरण शुरु गरेको छ। लहान नगरपालिकाले एक करोड रुपैया बराबरको राहात कोष खडा गरी विपन्न परिवारलाई बुधबार बाट राहत वितरण शुरु गरिएको हो।  लहान नगरपालिले नेपाल सरकारले जारी गरेको निर्देशिका अनुसारको राहत प्याकेज प्याक गरि नगरप्रमुख (मेयर ) मुनी शाह सुडीले  वडा नंमबर २४ बाट वितरणको कार्यक्रम शुरु गरेको लहान नगरपालिका प्रमुख प्रशासकीय अधिकृत खेम नन्द भुषालले रेडियो सरगम लाई जानकारी दिएका छन।  

नगरपालिकाको २४ वटै वडामा वडा कार्यलयको समन्वयमा प्रति परिवार १५ सय रुपैया बराबरको  राहात प्रदान गर्ने लहान नगरपालिका प्रमुख  प्रशासकिय अधिकृत खेम नन्द भुसालले बताए।  लहान नगरपालिका भित्र बसोबास गर्ने मुसहर, चमार, पासवान डोम लगायतका पाँच समुदायका नागरिकलाई  चामल २० केजी , दाल १ केजी,नुन १ केजी, खानेतेल १ लिटर  , आलु ४ केजी, नुहाउने साबुन १ वटा, लुगा धुने साबुन  १ वटा र नगद २ सय रुपैया प्रदान गर्ने प्रमुख प्रशासकीय अधिकृत भुषालको भनाई रहेको छ।  नगरपालिकाले वडा नं २४ का ६८१ परिवार, १३ का ३०६ परिवार, १० का ३८३ परिवार  र १५ का ३९९ घर परिवार लाई राहत बितरण गरिएको छ ।नगरपालिकाले बिबाद रहित बनाउन राहत बितरणाई पारदर्षि गर्ने नीति लिएको छ । जसका लागि नगरपालिकाले प्रदान गरेको राहत प्राप्त गर्नेहरुको नामावली नगरपालिकाको वेबसाईटमा प्रकाशन गर्ने पनि उनले बताए। 
 
सामाजिक दुरीमा रहेर १० जनालाई नगर प्रमुख साहले वितरण गरेर सम्बन्धित वडालाई भीडभाड नगरी घर घरमा राहत पुरयाउन निर्देशन दिएका छन । राहत वितरणमा उप-प्रमुख सरियार चौधरी,लहान ६ का वडाध्यक्ष अरुण केसी ,लहान ७ का वडाध्यक्ष राकेश रोशन गुप्ता,लहान ८ का वडाध्यक्ष विजय महतो,लहान ११ का वडाध्यक्ष राजकुमार साह,इलाका प्रशासन कार्यलय लहानका प्रमुख कमलराज भण्डारी,प्रमुख प्रशासकीय प्रमुख खेम नन्द भुषाल , लेखाअधिकृत मायानाथ आचार्य,इलाका प्रहरी कार्यलय लहानका डिएसपी शरत थापा क्षेत्री, लहान सशस्त्र वेस क्याम्पका डिएसपी अर्जुन सापकोटा, लहान नगर प्रहरी प्रमुख शम्भु बस्नेत लगायतका उपस्तिथी रहेको थियो। प्रमुख प्रशासकीय प्रमुख खेम नन्द भुषाल बाँकी रहेका अन्य वाडाहरुमा पनि क्रमस वितरण गर्दै जाने र सम्भवत १ गते भित्र सम्पूर्ण वडामा राहत सामग्री पुगिसक्ने विश्वाश दिलाउनु भयो।

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.