शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
लकडाउन थप कडा , फेला परे होल्ड जोनमा बास
बैशाख १८, २०७७ | फिरोज शेख

फ़िरोज शेख लहान २०७७ बैशाख १८ - 
लकडाउनलाई थप कडा बनाउँदै विहिबार लकडाउन पालना गराउन प्रहरीले कोरोना सम्बन्धि जनचेतना जगाउदै म्याकिंग गरेका छन। गृहमन्त्रालयको निर्देशन , प्रदेश २ मा कोरोना संक्रमितको संख्या १२ र नेपालमा ५७ पुगे संगै छिमेकी जिल्ला उदयपुरको भुल्केमा २८ जना फेला परि सकेको अवस्थामा लहान पनि उच्च जोखिममा रहेको ठहर गर्दै ईलाका प्रहरी कार्यलय लहान , शस्त्र प्रहरी वेस क्याम्प लहान र जिल्ला ट्राफिक प्रहरी कार्यलयका संयुक्त प्रहरी टोलीले लहानमा  म्याकिंग सहित परिक्रमा गर्दै लकडाउन पालना गर्न सम्पूर्ण नगरवासी लाई आग्रह गर्दै घरमै रही सुरक्षित रहन आग्रह गरेका छन। ईलाका प्रहरी कार्यलय लहानका डिएसपी सरत थापा क्षेत्री र शस्त्र प्रहरी वेस क्याम्प लहानका डिएसपी अर्जुन सापकोटाले म्याकिंग गर्दै अति आवश्यक काम बाहेक कोहि घुमेको फेला परेमा ,पास बाहेकका सवारी साधन सडकमा गुडाएको पाइएमा नेपालको प्रचलित कानुन बमोजिम सजायका साथै दिन भर होल्ड जोनमा राखिने बताएका छन। डिएसपी थापाले लकडाउनलाई कडा बनाउँदै लौजाने जनाएको छ । हामी लकडाउनलाई पूर्ण पालना गराउन लागि परेका छौ । अहिले सडकमा र फुटपाथमा हिड्नेहरुलाई समेत नियन्त्रणमा लिएर ईलाका प्रहरी कार्यलय अगाडी निर्माण गरिएको होल्ड जोनमा राखिने बताउनु भयो। ईलाका प्रहरी कार्यालय मातहतका क्षेत्रमा समेत थप कडाई गर्दै जाने ईलाका प्रहरी कार्यलय लहानले जनाएको छ । तत्काल औषधी पसल बाहेक अत्यावश्यक पसलहरु समेत खोल्न नदिने प्रहरीको भनाइ छ । लकडाउनलाई पूर्ण पालना गर्न सम्पूर्ण सर्वसाधरणहरुलाई आग्रह समेत गरेका छन।

कोरोना भाइरस संक्रमणबाट बचाउन नेपाल सरकारले गत चैत ११ गतेदेखि नै देशभर लकडाउन गरेको छ । लकडाउनको अवधिमा प्रदेश २ का बिभिन्न १ सय ९ वटा नाका भएर अहिलेसम्म ठूलो संख्यामा नेपालीहरु भारतबाट फर्किएको एक तथ्याङ्कले देखाएको छ।गत चैत ११ गतेदेखि बैशाख १६ गतेसम्ममा यस प्रदेशका विभिन्‍न १ सय ९ वटै नाका हुदैँ कामका शिलसिलामा भारत गएका प्रदेशका आठवटै जिल्लाका १ हजार ६ सय २० जना नागरिकहरु आ-आफ्नो घर फर्केका हुन् ।सामाजिक विकास मन्त्रालयका सचिव डाक्टर रामप्रसाद घिमिरेले लकडाउन घोषणा भएदेखि अहिलेसम्म १ हजार ६ सय २० जना नागरिक फर्किएको तथ्याङ्क प्रदेश सरकारसँग रहेको जानकारी दिए ।


भारतबाट आएकाहरुमा कोरोना भाइरसको संक्रमण भेटिन थालेका बेला सचिव घिमिरेले यस्तो तथ्याङ्क सार्वजनिक गरेका हुन्।उनले सप्तरीमा १ सय ५०,सिरहामा १ सय ७९,धनुषामा १ सय १,महोत्तरीमा १ सय ५९,सर्लाहीमा ३ सय ३८,रौतहटमा २ सय ५७,बारामा ९३ र पर्सामा ३ सय ४३ जना भारतलगायतका देशबाट फर्केर आएको जानकारी दिए। बुधबार मात्र बारामा २ जना र पर्सामा १ जना गरी तीनजनामा पीसीआर परीक्षण मार्फत कोरोना पुष्टि भएको छ। दिनहु संक्रमितको संख्या बढदै जादा प्रदेश २ का जिल्लाहरु पनि उच्च जोखिमा रहेको जानकारहरु बताउछन। यस भाइरस बाट बचन अचुक उपाय सामाजिक दुरी कायम संगै लकडाउनको पूर्ण पालना नै भएको बुद्धिजिहरु बताउछन। 

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.