शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
कामना नर्सिङ्गहोममा हाडजोर्नी तथा नसा रोग सम्बन्धि सेवा सुरु
असाड ७, २०७७ | फिरोज शेख

फिरोज शेख २०७७ असार ७ - 
सिरहाको लहान ३ होस्पितल चौकमा अवस्थित कामना नर्सिङ्गहोम प्रालिले आफ्नो सेवा विस्तार गर्दै हाडजोर्नी, नसा तथा ट्रमा सम्बन्धि सेवा समेत सुरु गरेको नर्सिङ्गहोमका संचालक रोशन कुशवाहाले जानकारी दिएका छन। विगत लामो समय देखि स्वास्थ्य क्षेत्रमा आफ्नो छुटै पहिचान बनाउन सफल कामना नर्सिङ्गहोमले सेवाग्राहि लाई स्वास्थ्य सेवा पुर्याउन डाक्टर बिनोद कुमार सिंह एमबिबिएस एमएस अर्थोपेडिक ( हाडजोर्नी तथा नसा रोग ) विशेषज्ञ द्वारा हाडजोर्नी, नसा तथा ट्रमा सम्बन्धि सेवा तथा हाडजोर्नी भचिएकोमा अत्याधुनिक र मिनिमम इन्भयासिभ तरिका द्वारा अप्रेशन सेवा प्रदान गरिने संचालक कुशवाहाले बताए। २४ सै घण्टा स्वास्थ्य सेवा दिन तत्पर कामना नर्सिङ्गहोममा डाक्टर रितेश कुमार गिरि एमबिबिएस एमडी (इन्टरनल मेडिसिन ) इन्डोस्कोपी तालिम प्राप्त द्वारा इन्टरनल मेडिसिन सम्बन्धि सम्पूर्ण उपचार ,डाक्टर दिपेन्द्र प्रसाद यादव एमबिबिएस एमडी ( प्रसुती तथा महिला रोग विशेषज्ञ द्वारा महिला रोग सम्बन्धि सम्पूर्ण रोगको उपचार सहित सामान्य तथा अप्रेशन गरि बच्चा निकाल्ने सेवा ,डाक्टर संजय यादव एमबिबिएस फिजिसियनको सेवा लगायत स्वास्थ्य सम्बन्धि सम्पूर्ण सेवाहरु पनि उपलब्ध रहेको जनाइएको छ। 

 

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.