शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
बाबा मेडिकल देखि नहर सम्मको सडक स्तरोउन्नति कार्य शुरु
असाड १२, २०७७ | फिरोज शेख

फिरोज शेख लहान २०७७ असार १२ - लहान नगरपालिका वडा नम्बर ८ मा अवस्थित बाबा मेडिकल औषधि पसल देखि नहर सम्मको सडक स्तरोउन्नति कार्य शुरु गरिएको छ। चालु आर्थिक वर्ष २०७६/०७७ का लागि प्रदेश सरकारबाट अक्तियारी अनुसार सशर्त तर्फको योजनाको निर्माण कार्य मिति २०७७ जेठ २५ को नगर कार्यपालिकाको निर्णय बमोजिम उपभोक्ता समिति मार्फत सुचारु तथा संचालन गराउनु पर्ने उक्त योजनाको उद्घाटन लहान नगरपालिका नगर प्रमुख मुनि साह द्वारा उद्घाटन गरिएको छ। ३० लाख विनियोजित रकम रहेको उक्त योजनाका लागि नियमानुसार उपभोक्ता समिति गठन गरि सडक ढलान तथा नाला निर्माण कार्य सुचारु गरिएको वडा अध्यक्ष विजय कुमार महतोले जानकारी दिएका छन्।

 नगर प्रमुख साहले उद्घाटन गर्दै लहान नगरपालिका द्वारा विनियोजन गरिएको रकम बाट लहान नगरपालिका -८ को वडा अध्यक्ष महतोको सक्रियतामा गठन गरिएको सडक ,नाला निर्माण समितिले ठोस र नगरपालिकाको स्टिमेट अनुसार समयमै योजना सम्पन्न गर्ने भन्दै कार्य सफलता संगै शुभकामना व्यक्त गर्नुभयो। बाबा मेडिकल देखि नहर सम्मको सडक स्तरोउन्नति कार्य सम्पन्न गराउनका लागि वडा अध्यक्ष महतोको रोहवर तथा स्थानीय नागरिक समाजको उपस्तिथिमा संजना कुमारी देव पासवान अध्यक्ष , सलिम हुसैन सचिव ,कोषा अध्यक्ष रेखा कुमारी सहित सदस्यहरुमा ललिता देवी राउत,रमि देवी पुर्वे ,गौरी शंकर हलुवाई र महेश कुमार चौधरी सहित ७ सदस्य उपभोक्ता समिति गठन गरिएको छ। 

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.