शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
राउ स्मारक अस्पताल लाई सय बेडको बनाउने नव नियुक्त अध्यक्ष
असाड २६, २०७७ | फिरोज शेख

फिरोज शेख २०७७ असार २६ - 
सिरहाको लहानस्थित रामकुमार सारडा उमाप्रसाद मुरारका (राउ) स्मारक अस्पताल संचालन तथा व्यवस्थापन समितिको अध्यक्ष पदमा मनोनयन गरिएका रोहित महतोले लहान नगरवासी र सबै राजनीतिक दलको साथ र सहयोग प्राप्त भए अस्पतालको जग्गा विवादको समस्या सामाधान गर्नुका साथै अस्पताल लाई सय बेड क्षमताको बनाउने प्रतिवद्धता जनाउनु भएको छ। मिति २०७७ साल असार १५ गते प्रदेश २ सामाजिक विकास मन्त्रालयको परिपत्र अनुसार अस्पताल संचालन तथा व्यवस्थापन समिति गठन कार्यविधि २०७६ को ३ ( १ ) अनुसार अस्पताल संचालन तथा व्यवस्थापन गर्ने काम समेतको लागि अस्पताल संचालन तथा व्यवस्थापन समिति रहने व्यवस्था भए बमोजिम दुई वर्ष पदावधि रहने गरि राउ स्मारक अस्पतालका लागि मनोनयन गरिएका पदाधिहरुको पदभार ग्रहण गर्ने कार्यक्रमा बोल्दै नवनियुक्त अध्यक्ष महतोले यस्तो प्रतिवध्ता जानाउनु हुदै अस्पतालका दाता स्व राम कुमार सारडा र स्व उमा प्रसाद मुरारका लाई स्मरण गर्दै उहा दुवै जनाको  तस्विरमा अविर ,माला लगाएर धन्यवाद ज्ञापन सहित श्रद्धांजलि अर्पण गरेका थिए । 

रामकुमार सारडा उमाप्रसाद मुरारका अस्पतालका मेसु डाक्टर सुनिल प्रसाद कुशवाहाको अध्यक्षतामा आयोजित पदभार ग्रहण कार्यक्रमा शुभकामना मन्तव्य राख्ने क्रममा प्रदेश २ सरकार द्वारा लहान अस्पतालका लागि मनोनयन गरिएका गोलबजार नगरपालिका -७ निवासी अध्यक्ष महतो सहित सदस्यहरु लहान २२ निवासी गोपाल प्रसाद गुप्ता,लहान ७ निवासी अशोक मुमार मुरारका र लहान २४ निवासी पारो देवी पासवान  लाई सफल कार्यकालको शुभकामना दिदै लहान नगरपालिका वडा नम्बर ३ का अध्यक्ष राम दयाल महतोले विस २०३५ साल देखि संचालनमा रहेको यस अस्पतालको जग्गा अहिले पनि जग्गा दाताकै नाममा रहनु र अस्पतालको विकास हुनमा जग्गाको नामसारी नै बाधक बन्नु दुर्भाग्य रहेको बताउदै जागा दाताका परिवार संग स्वार्दपूर्ण बातावारंमा  कुराकानी गरि समस्याको सामाधान चाडै गर्नु पर्ने धारणा राख्नु भयो। 

त्यस्तै समाजवादिका लहान नगर अध्यक्ष दिनेश महतोले शुभकामना मन्तव्य दिदै जग्गाको समस्या सामाधानका साथै यस क्षेत्रका जनताले कसरि उत्कृष्ट स्वास्थ्य सेवा लिन सक्ने कुरामा ध्यान दिनु पर्ने र यसका लागि हामीले प्रदेश सरकार संग के-कसरी सहयोग लिनु पर्छ त्यसका लागि हामि जति बेला पनि अस्पताल लाई सहयोग गर्न तत्पर रहने बताउनु भयो। 

यसै बीच राजपाका लहान नगर अध्यक्ष मोहम्मद आलमले पनि नवनियुक्त अध्यक्ष सहित सम्पूर्ण पदाधिकारीहरु लाई सफल कार्यकालको शुभकामना दिदै राउ स्मारक अस्पतालको विकासका लागि सदैव साथ र सहयोगका लागि तत्पर रहने बताउदै निमुखा,गरिब ,असहाय लगायत सम्पूर्ण जिल्लावासीका लागि यो अस्पताल पहिलो रोजाईको अस्पताल बन्न सकोस भन्ने शुकमान समेत राख्नु भयो। 

पदभार कार्यक्रमा उपस्थित ईलाका प्रहरी कार्यलय लहानका डिएसपी शरत थापा क्षेत्री, सम्पूर्ण जनसमुदाय ,बुद्धिजीवी ,नागरिक सामाज ,जनाता समाजवादी  पार्टीमा आबद्ध सिरहा जिल्लाका पदाधिकारी तथा कार्यकर्ताहरु ,समाजसेवी,स्वास्थ्यकर्मी, संचारकर्मीहरु लाई सदस्य पदमा मनोनयन गरिएका सदस्य गोपाल प्रसाद गुप्ताले पदभार ग्रहण गर्दै उपस्थित सम्पूर्णमा कृतज्ञता व्यक्त गर्दै अस्पतालको विकास र हकहितका लागि काम गर्ने र जनतालाई स्वास्थ्य लाभ लिन स्वास्थ्य सम्बन्धि आकर्षित कार्यक्रमहरु संचालन गर्ने जानकारी गराउनु भयो। कार्यक्रमा उपस्थित सम्पूर्णले पदभार ग्रहण गर्नु भएका अध्यक्ष तथा सदस्यहरु लाई खादा ,अबिर र माला लगाएर स्वागत गरेका थिए। अस्पतालमा यस अहि परमेश्वर लाल मुरारका ,पदम नारायण चौधरी ,मुनि साह,राजेन्द्र महतो ,फुलेश्वर महतो लगायतले अध्यक्षका पदभार ग्रहण गरि आ-आफ्नो कार्यकालमा अस्पतालको हकहित तथा विकासका लागि योगदान दिसकेका छन। 

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.