शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
बैंकमा कार्यरत एक जना कर्मचारीमा कोरोना पुष्टि
साउन २४, २०७७ | फिरोज शेख

फिरोज शेख लहान २०७७ श्रावन २४ - 
शनिबार सिरहाको लहानमा थप कोरोना भाइरस(कोभिड–१९)को संक्रमित फेला परेको छ। उनी समुदाय स्तरका हुन्।लहान नगरपालिकामा अवस्थित ग्लोवल आई एमई बैंकमा कार्यरत एक जना पुरुष कर्मचारीमा कोरोना भाइरस कोभिड-१९  पोजेटिभ पुष्टि भएको स्वास्थ्य शाखा लहानका स्वास्थ्य अधिकृत राम सुन्दर यादवले जानकारी दिएका छन। संक्रमित कर्मचारी अहिले प्रादेशिक अस्पतालमा रहेको र ग्लोवल आई एमई बैंक लहान शाखा लाई शिल गर्ने तयारी भईरहेको जनाइएको छ। कार्यरत सम्पूर्ण कर्मचारीहरु लाई एउटा होटेलमा कोरेनटाईन गरि  स्वाव संकलन गर्ने जनाइएको छ। 

यस अघि सिरहाको मिर्चैया नगरपालिका- ५ मा एक जना, सोही नगरपालिकाको मंगलम पोलिक्लिनिकको स्वास्थ्यकर्मी दुई जना र गोलबजार नगरपालिकाको एक पेट्रोल पम्प परिसरमा रहेका लाइन होटलका २३ वर्षीय एक जना, सिरहा नगरपालिका –१६ का राजनीतिकर्मी र लहान गरपालिका –८ का स्वास्थ्यकर्मीमा संक्रमण पुष्टि भैसकेको छ ,भने सिरहाको गोलबजार नगरपालिका–१२ का २३ वर्षीय अशोक महतोको मृत्यु कोरोनाका कारण  उपचारको क्रममा मृत्यु भैसकेको छ। 

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.