शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
सप्तरीको लौनियाँमा कोरोना भाइरसकाे संक्रमणबाट जोगीन थप कडाइ
साउन २६, २०७७ | फिरोज शेख

शुभ नारायण यादव , सप्तरी ,२६ साउन ।
सप्तरीकोे तिलाठी कोइलाडी गाउँपालिका वडा नम्बर २ लौनियाँमा कोरोना भाइरस नियन्त्रण तथा कोभिड १९को संक्रमणबाट जोगीनका लागी थप कडाइ गरिएको छ । सोही वडाका अध्यक्ष खगेन्द्र मण्डलको संयोजकत्वमा शनिवार देखी एक टोलीले वडामा माइकिङ गरेसगैँ घुमेर कडाइ गर्न थालिएको हो ।अनिवार्य मास्क नगाएमा भौतिक वा आर्थिक कारवाही हुने, साबुन पानिले हाथ धुने, विना कामले घरवाहिर ननिसकने, सामाजिक दुरी बनाइ मात्रै कार्य गर्ने, किराना पसल दिनको २ बजेदेखी ४ बजेसम्म खोल्ने, औषधी पसल चौबिसै घण्टासम्म खोल्ने लगायतका निर्णयहरु गरिएको जानकारी गराइएको छ ।चिया, नास्ता र मदिरालगायतका सामान विक्री नगर्न समेत आग्रह गरिएको छ । वडामा कोरोना भाइरसको संक्रमण बढेपछि यस्तो निर्णय गरिएको बताउदै अध्यक्ष सहितका टोलीले सम्पुर्ण वडा बासि सर्तक भए भाइरस मात्रै नियन्त्रण हुने बताए । कोरोना भाइरसबाट बच्न र बचाउनकालागि थप सतर्कता अपनाउन आग्रह गरे ।वडाको सम्पुर्ण जनप्रतिनिधि, स्थानिय शिक्षक, बुद्धजिवी, राजनितिकर्मी, शसस्त्र प्रहरीसहितका व्यक्तिहरुको टोलीमा सहभागीता रहेको थियाे ।

 

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.