शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
बलात्कार गरेको आरोपमा एक पक्राउ
साउन २७, २०७७ | फिरोज शेख

फिरोज शेख लहान २०७७ साउन २७ - 
ईलाका प्रहरी कार्यलय लहानले बलात्कार गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ। प्रहरीले २० वर्षीया यूवतीलाई बलात्कार गरेको आरोपमा लहान नपा–१५ का ५० वर्षीय रमाकान्त चौधरीलाई पक्राउ गरेको जनाइएको छ। सुस्त मनस्थिति रहेकी पीडित युवतीलाई रमाकान्त चौधरीले साउन १९ गते बलात्कार गरेको भनी पीडितकी आमाले बताउनु भयो ।स्थानीयहरूले गाउँमै मिलाउने प्रयास गर्दा समयमा उजुरी दिन नसकेको पीडितकी आमाले बताउनु भयो। गाउँमा कुरा नमिले पछि इलाका प्रहरी कार्यालय लहानमा उजुरी दिएको पीडितकी आमाले बताइन।घटनाको जानकारी हुनासाथ सोही दिन आरोपितलाई गिरफ्तार गरेको इलाका प्रहरी कार्यालय लहानका डिएसपी शरतकुमार थापा क्षेत्रीले बताउनु भयो । यूवतीको स्वास्थ्य परीक्षण लहानस्थित रामकुमार उमाप्रसाद अस्पतालमा साउन २५ गते भएको छ ।

 

लहानबाट लागूऔषध सहित तिन पक्राउ
माघ २०, २०८० | फिरोज शेख
सिरहाको लहानबाट हतियार सहित ३ जना
कार्तिक २१, २०८० | फिरोज शेख
लागूऔषध सहित एक जना पक्राउ
कार्तिक १८, २०८० | फिरोज शेख
अवैध कपडा लोड गरिएको पिकअप सहित
कार्तिक १३, २०८० | फिरोज शेख
हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.