शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
सप्तरीमा प्रहरी सक्रिय भएपछि धमाधम अवेध सामान पक्राउ
साउन ३१, २०७७ | शुभ नारायण यादव

 शुभ नारायण यादव सप्तरी - ३१ साउन । पछिल्लोपटक सप्तरीमा घुमुवा प्रहरी सक्रिय भएपछि सप्तरीको विभिन्न सिमावर्ती नाकाबाट अवैध  समानहरु धमाधम पक्राउ पर्न थालेका छन । यसेकरामा सप्तरीको हनुमाननगर कङकालिनि नगरपालिका स्थित काेशि बाधबाट सशस्त्र प्रहरीले लाखाेकाे अवेध समान बरामद गरेकाे हाे । सशस्त्र प्रहरीका घुमुवा बिरेन्द्र साहकाे कमाण्डमा खटिएको सशस्त्र प्रहरीकाे टाेलिले काेशि बाधबाट १५ क्विन्टल चिनि ,१५ लिटर खानेतेल ,दाल ,सुर्ती  लगायतका झण्डै १ लाख मूल्य बरावरकाे अवेध समान बरामद गरेकाे हाे । भारतबाट अवेध रुपमा चाेरि छुपि ल्याउदे गरेकाे अवस्थामा साे अवेध समान बरामद गरेकाे सशस्त्र प्रहरिले जनाएको छ । यता बरामद गरिएको साे  समानलाइ आवश्यक अनुसन्धानका लागि राजविराज भन्सार कार्यलय बेल्हि भन्सार पठाएको सशस्त्र प्रहरी सिमा चेक आउट  पाेष्ट बनरझुलाले जनाएको छ । विगत केही दिन यता सप्तरीमा घुमुवा प्रहरी सक्रिय बनेपछि जिल्लाकाे विभिन्न नाकाबाट अवेध समानहरु धमाधम दिनहु पक्राउ पर्न थालेकाे छ । यस्तै जिल्लाकाे छिन्नमस्ता गाउपालिका ४ लालापटिबाट प्रहरीले झण्डै २५ बाेरा  मटर बरामद गरेकाे इलाका प्रहरी कार्यलय सखडाले जनाएको छ । इलाका प्रहरी कार्यलय सखडाकाे टाेलिले साे अवेध मटर बरामद गर्न सफल भएको हाे । नेपालबाट अवेध रुपमा रातिकाे समयमा चाेरि छुपि भारत तर्फ तस्करी गरिरहेकाे अवस्थामा लाखाेकाे अवेध मटर बरामद गरेकाे प्रहरीले जनाएको छ ।

 

लहानबाट लागूऔषध सहित तिन पक्राउ
माघ २०, २०८० | फिरोज शेख
सिरहाको लहानबाट हतियार सहित ३ जना
कार्तिक २१, २०८० | फिरोज शेख
लागूऔषध सहित एक जना पक्राउ
कार्तिक १८, २०८० | फिरोज शेख
अवैध कपडा लोड गरिएको पिकअप सहित
कार्तिक १३, २०८० | फिरोज शेख
हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.