शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
सिरहामा एकै दिन १३ जना संक्रमित थपिए
साउन 32, २०७७ | फिरोज शेख

फिरोज शेख लहान २०७७ श्रावन ३२ - 
सिरहामा एकै दिन १३ जना कोरोना संक्रमित थपिएका छन। स्वास्थ्य कार्यलय सिरहाले शनिवार सर्वजनिक गरेको सुचना अनुसार बिहान ५ जना र बेलुका ८ जना गरी कुल १३ जना कोरोना भाइरस संक्रमित फेला परेको जनाइएको छ। गजेन्द्र नारायाण सिँह सप्तरीमा गरिएको  पिसिआर रिर्पोट अनुसार शनिवार साँझ लहान नगरपालिकाको वडा न. २४ को १ जना, वडा न. २ को १ जना र सशत्र प्रहरी वेस क्याम्प लहानका २ जना जवान गरी  ४ जना, बरियारपट्टी गाउँपालिकाको २ जना, नवराजपुर गाउँपालिकाको १ जना र मिर्चैया नगरपालिकाको १ जना गरी कुल ८  जनामा कोरोना भाइरस पोजेटिभ पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय सिरहाका प्रमुख कृष्णदेव यादबले बताएका छन।

यस अघि सिरहामा शनिबार विहान ५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो। कोरोना संक्रमित हुनेहरुमा सिरहा सशस्त्र प्रहरी कार्यालयका २ जना  जवान,  ईलाका प्रहरी कार्यलय मिर्चैयाका १ जना थुनुवा, सिरहाको एक होटेलमा काम गर्ने १ जना र सूर्यनारायण सत्यनारायण मरवैता यादब बहुमुखि क्याम्पसको क्वारेन्टाइनमा बसेका १ जना गरि ५ जनामा संक्रमण फेला परेको थियो। संक्रमित सबै लाई आईसुलेशनमा राखिएको जनाइएको छ। यो संगै सिरहामा कोरोना भाइरस कोभिड-१९ संक्रमितको संख्या २६४ पुगेको छ,भने २ जनाको कोरोना भाइरसका कारण ज्यान गइसकेको छ। 

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.