शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
कोरोना संक्रमित लहानका एक युवाको धरानमा मृत्यु
भाद्र ८, २०७७ | फिरोज शेख

फिरोज शेख लहान २०७७ भाद्र ८ - 
सिरहाको लहान नगरपालिका २४ गोविन्दपुरका एक जना युवाको कोरोनाका कारण धरानमा मृत्यु भएको छ।  २२ वर्षीय कोरोना संक्रमित युवकको उपचारका क्रममा सोमबार दिउँसो ३ बजे धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको हो। श्वासप्रश्वासमा समस्या देखिएका उनी भदौ २ गते प्रतिष्ठानमा भर्ना भएका थिए । आइतबार कोरोना संक्रमण पुष्टि भएपछि आइसोलेसनमा राखेर उपचार गर्ने क्रममा सोमबार उनको मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिएका छन। मुटुसम्बन्धी समस्या रहेका मृतक युवक लागूऔषध प्रयोगकर्ता रहेको प्रतिष्ठानले जनाएको छ । योसँगै सिरहामा कोरोनाबाट मृत्यु हुनेको संख्या ४ पुगेको छ । शवलाई नेपाली सेनाले व्यवस्थापन गर्ने जनाइएको छ।

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.