शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
सिरहाका ५५ वर्षीय कोरोना संक्रमितको धरानमा मृत्यु
भाद्र १२, २०७७ | फिरोज शेख

फिरोज शेख लहान २०७७ भदौ १२ - 
सिरहाका कोरोना संक्रमित एक जना पुरुषको उपचारको क्रममा मृत्यु भएको छ। सिरहाको सुखिपुर नगरपालिका वडा नम्बर ४ का ५५ वर्षीय कोरोना संक्रमित पुरुषको उपचारका क्रममा धरानमा मृत्यु भएको हो। कोरोना संक्रमण पुष्टि भएका उनको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कोभिड अस्पतालमा उपचारको क्रममा विहिबार साँझ मृत्यु भएको जनाइएको छ।
बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका अनुसार मृतक गत भदौ ६ गते उपचारका लागि प्रतिष्ठानको मेडिसिन वार्डमा भर्ना भएकोममा उनमा ७ गते कोरोना पोजेटिभ पुष्टि भएको थियो ।प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले उनको उपचारको क्रममा मृत्यु भएको बताएका छन। उनमा उच्च रक्तचापको समस्या रहेको थियो" भने उहा पहिले क्षयरोग लागेर निको भइसकेका थिए । मृतकको शव अहिले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा राखिएको छ। नेपाली सेनाको टोलीले शव लाई सिरहामा ल्याएर व्यवस्थापन गर्ने जिल्ला प्रशासन कार्यलय सिरहाले जनाएको छ। 

यस अघि लहान नगरपालिका– ४ गोविन्दपुर मलहन्मा गाउँका २२ वर्षीय कोरोना संक्रमित युवकको उपचारको क्रममा भदौ ८ गते धरानमै मृत्यु भएको थियो " भने मिर्चैया नगरपालिका– ४ घर भएका करिब ६० वर्षीय पुरुषको २ भदौमा स्वाब संकलन गर्ने क्रममै मृत्यु भएको थियो ।  त्यस्तैं २९ साउनमा विष्णुपुर गाउँपालिका– १ का ४० वर्षीय पुरुषको मृत्यु भएको थियो । उनको विराटनगरस्थित कोसी अञ्चल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो । यसअघि २२ साउनमा गोलबजार नगरपालिका– १२ बेतौनाका करिब २३ वर्षीय युवकको कोरोना संक्रमणबाट मृत्यु भएको थियो । विहिबार मृत्यु भएका ५५ वर्षीय पुरुष संगै सिरहामा कोरोनाबाट मृत्यु हुनेको संख्या ५ पुगेको छ।

 

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.