फिरोज शेख लहान २०७७ भाद्र १७ -
सिरहाको लहानमा " सके दिएर जाउँ ,नसके लिएर जाउँ " मूल नाराका साथ बुधबार बाट" फुड बैंक"को स्थापना भएको छ। कोरोना भाइरस कोभिड-१९ को महामारीलाई नियन्त्रण गर्न जिल्ला प्रशासन कार्यलय सिरहा द्वारा गरिएको लकडाउनको प्रत्यक्ष मारमा परेका दैनिक ज्यालादारी गरि आफ्नो घरपरिवारको छाक टारिरहेकाहरुका लागि नि:शुल्क खाना खुवाउने उदेश्यले स्थापना गरिएको फुड बैंकको एक कार्यक्रमका बीच लहान नगरप्रमुख मुनि साह द्वारा उद्घाटन गरिएको छ। परोपकार युवा क्लव लहान र लहान नपा.७ को कार्यलयको आयोजना तथा अम्बिका अफसेट प्रेस लहान र स्माईली रेष्टुरेन्ट एण्ड वार लहानकको सहयोगमा सुचारु गरिएको" फुड बैंक"मा भाद्र २७ गते सम्म दैनिक १०० जनालाई विहान १०:३० बजे देखि १२ बजे सम्म र साँझ ६:३० बजे देखि ७:३० बजे सम्म दुई छाक खाना खुवाउने व्यवस्था गरिएको लहान -७ का वडा अध्यक्ष राकेश रोशन गुप्ताले जानकारी दिनुभयो।
निशेषाज्ञाका कारण रोजीरोटी गुमेर छाक टार्न मुस्किल भएका परिवारलाई लक्षित गरी स्थापना गरिएको "फुड बैंक"मा कसैले सहयोग गर्न चाहेमा सहयोगी मनकारीहरुलाई सहयोग गर्न हुन् क्लवका अध्यक्ष बिनोद कुमार यादवले आह्वान गरेका छन्। फुड बैंकमा प्राप्त हुने नगद वा खाद्यान्न सहयोगलाई विपन्न गरिबको छाक टार्न हामि कहिले पनि पछि नपर्ने अध्यक्ष यादवले बताए। उद्घाटन कार्यक्रममा नगरप्रमुख साह संगै वडा न.७ का अध्यक्ष गुप्ता ,वडा ८ का वडा अध्यक्ष विजय कुमार महतो ,नेकपाका सिरहा जिल्ला सदस्य विष्णुलाल साह, समाजवादीका स्थानीय नेता राकेश झा ,नेवि संघका मुकेश महतो , स्माईली रेष्टुरेन्ट एण्ड वारका संचालक भुषण जयसवाल लगायत संचारकर्मी ,समाजसेवी ,युवाहरुको उपस्तिथी रहेको थियो।