शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
परोपकार युवा क्लवको सम्मान तथा समापन कार्यक्रम सम्पन्न
आश्वीन ११, २०७७ | फिरोज शेख

फिरोज शेख लहान २०७७ असोज ११ - 
परोपकार युवा क्लवले बन्दाबंदीको प्रत्यक्ष मारमा परेका गरिब असहायको छाक टार्न स्थापना गरेको "फुड बैंक" को कार्यक्रम निरन्तर २० दिन सम्म संचालन भई समापन भएको छ। "फुड बैंक" संचालनमा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सहयोग गर्नुहुने मनकारीहरुका साथै समाचार सम्प्रेषण गरि सहयोग गर्ने संचारकर्मीहरु लाई एक कार्यक्रमको आयोजना गरि क्लवले सम्मानित गरेका छन् । परोपकार युवा क्लव लाहानका अध्यक्ष बिनोद यादवको अध्यक्षता तथा लाहान नगर प्रमुख मुनी साह सुडीको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा  विशिस्ट अतिथि जसपाका नेता राकेश झा लगायत अतिथिहरुमा लाहान ७ का वडा अध्यक्ष राकेश रोशन गुप्ता, लाहान ८ का वडा अध्यक्ष विजय महतो, स्माईली रेस्टुरेन्टका संचालक भुषण जयसवाल , सहयोग गर्नुहुने मनकारीहरु संगै क्लवका कार्यसमितिको उपस्तिथी रहेको थिय। 

कार्यक्रममा प्रमुख अतिथिको आसन बाट शुभकामना मन्तव्य राख्दै लाहान नगरपालिका मेयर मुनी साहले क्लवका सम्पुर्ण कार्यसमितिलाई बधाई दिदै सकारात्मक कामको प्रशंसा गरेका थिए । मेयर साहले उर्जावान युवाहरूले गर्दा लाहानको समृद्धिको सपना साकार हुने विश्वास ब्यक्त गरेका छन् । क्लवले हजारौं भोको पेटलाई अन्न खुवाई मानवीय सम्वेदनाको मर्म बुझेको भन्दै मेयर साहले धन्यवाद ज्ञापन गरे । यसै बीच विशिष्ट अतिथि जनता समाजवादीका नेता राकेश झाले 'फुड बैंकको' कन्सेप्ट्ले युवा पिढीलाई समाजिक कार्यमा अगुवाई गर्न बलदिएकोहुनाले अगामी दिनमा समेत यस्ता कार्यलाई निरन्तरता दिन क्लबको टिमलाई सुझाव दिए । 

त्यस्तै लाहान ७ का वडा अध्यक्ष राकेश रोशन गुप्ताले परोपकार युवा क्लबले आउने दिनमा नगरका युवाहरूलाई अभिप्रेरित गर्ने विश्वास व्यक्त गर्दै शुभकामना दिएका थिए । भने लाहान ८ का वडा अध्यक्ष विजय महतोले आफु कुनै पनि सामाजिक कार्यमा युवाहरूलाई प्रोत्साहन गर्न पछि नपर्ने भन्दै "फुड बैंकको" स्थापना संगै युवाहरुले खेलेको भूमिकाको खुलेर प्रशंसा गरे।

त्यस्तै संचारकर्मीहरुको तर्फ बाट शेख मिडिया हाउस तथा रेडियो सरगम ९३ मेगहर्जका संचालक फिरोज शेखले पनि विगत सात महिनाको लकडाउन तथा निषेधाज्ञाको अवधिमा २० दिन भएपनि दैनिक ज्याल्दारी गरि आफ्नो दुई छाक टार्ने मजदुर ,गरिब ,असहाय ,मगन्ते लगायतको दुई छाक टार्न परोपकार युवा क्लवले खेलेको भूमिका र सहयोगी मनकारीहरु लाई धन्यवाद ज्ञापन गर्दै आगामी दिनहरुमा पनि समस्या परेको बेला सहयोगका लागि अग्रसर हुन् आग्रह गरे। 

विगत  २० दिन सम्म निरन्तर चलेको फुड बैंकमा जम्मा ७ हजार ९ सय २० विपन्नले खाना खाएको क्लवका अध्यक्ष यादवले बताए । उनका  अनुसार फुड बैंक कार्यक्रमलाई विभिन्न मनकारीहरुले आर्थिक सहयोग गरेका थिए । जसमा लाहान नगर प्रमुख मुनी साहले ५०० केजी चामल, १० केजी दाल, ३ लिटर खाने तेल, लाहान ७ का वडा अध्यक्ष राकेश रोशन गुप्ताले ७० केजी चामल, १० केजी दाल, ३ लि. खाने तेललगायत सहयोग गरेका थिए । त्यसैगरी ओम पोलिक्लिनिकका संचालक डा. ओम प्रकाश चौधरीले २८ हजार, राजु गुप्ता २८ हजार, सुनिल सिंघान्ची २१ हजार, राकेश झा २१ हजार, राकेश अधिकारी १४ हजार,कैलाश चौधरी १४ हजार,सन्तोष चौधरी ७ हजार, गौरी नारायण साह ५ हजार, नागेन्द्र साह ५ हजार १ सय  र सौरभ अग्रवालले २ हजार १ सय ५० नगद सहयोग गरेका थिए ।

कार्यक्रमको अन्त्यमा उपस्थित सम्पूर्ण मनकारी तथा सहयोगी संगै नागरिक दैनिक प्रदेश २ का संयोजक मिथिलेश यादव , गोरखापत्र दैनिकका सिरहा सम्वादाता जिबछ उदासी, शेख मिडिया हाउस तथा रेडियो सरगमका संचालक फिरोज शेख , धर्तिमाई ( डिएम ) खबर अनलाइनका सम्पादक मनोज बनैता, ग्लोबल सन्चार साप्ताहिकका सम्पादक शिव कुमार साह र प्रेस मञ्च सिरहाका अध्यक्ष महेश सिंह लाई प्रमुख अतिथि मुनी साह तथा विशिष्ट अतिथि राकेश झाको हातबाट कदरपत्र प्रदान गरिएको थियो ।कार्यक्रमको उदघोषण ललिता दासले गरेकी थिईन ।

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.