शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
अदालतमा मुद्दा दायर गर्ने निर्णय गरेको प्रति मस जोडीको ध्यानाकर्षण
आश्वीन १७, २०७७ | फिरोज शेख

फिरोज शेख लहान २०७७ असोज १७ - 
समाजसेवी तथा अभियन्ता मस जोडी महेश चौधरी र संगीता कर्मचार्यले लकडाउन अवधीभरमा राहत वितरण गरेर नगरपालिकालाई बदनाम गरेको आरोप लगाउँदै लहान नगरपालिकाको कार्यपालिका बैठकले आफु विरुद्ध अदालतमा मुद्दा दायर गर्ने निर्णय गरेको प्रति गम्भीर ध्यानाकर्षण भएको महेश चौधरीले बताएका छन्।लहान नगरपालिका–१ निवासी महेश कुमार चौधरीले शुक्रबार पत्रकार सम्मेलन गरी नगरपालिकालाई निर्णय सच्याउन आग्रह गर्दै सामाजिक अभियानलाई अझ सशक्त बनाउने बताएका हुन् । चौधरीले लकडाउन अवधीमा संकटमा परेका गरिब, मजदुर, दलित बस्तीका ३ हजार भन्दा बढी परिवारलाई राहत वितरण गरेको पत्रकार सम्मेलनमा बताएका छन्। महेश–संगीता दम्पत्तिले दलित बस्ती गाउँ र झुपडीमा पुगेर चामल, दाल, आलु ,नुन, तेल तरकारी लगायतका सामग्री वितरण गरेका हुन।

राहत वितरण गर्दै आएका चौधरीमाथि नगर कार्यापालिकाको भदौँ ८ गतेको बैठकले नगरपालिकालाई बदनाम गर्ने गरी राहत वितरण गरेको ठहर गरेको छ। निर्णय नम्बर १४ (ख)मा लेखिए अनुसार ‘नगरपालिकाले पारित गरेको सहयोग कोष कार्यविधि–२०७६ अनुरुप एकद्वार प्रणालीबाट राहत वितरण गर्नुपर्ने र कुनै व्यक्ति वा संघ/संस्थाले राहत वितरण गर्दा स्थानीय तहको स्वीकृति लिएर मात्र वितरण गर्नुपर्ने प्रावधानका बावजुत पनि आफु खुसि राहतवितरण गरेको छ ।’ आफै गएर गाउँ गाउँमा राहत वितरण गर्दा नगरपालिकाको बदनाम भएको उल्लेख गरिएको छ।

यता मस जोडीले ‘आफुले दुःखमा परेको नागरिकलाई सहयोग गरेको हुँ, कुनै अपराध गरेको छैन  ‘त्यसमा पनि नगरपालिकाले कारवाही गर्ने निर्णय गर्नुले मेरो आत्मसम्मानमा ठेस पुगेको महशुस गरेको र सम्बन्धित निकायलाई तत्काल निर्णय सच्याउन माग समेत गर्दछु भनि पत्रकार सम्मेलनमा भनेका छन् ।’ पत्रकार सम्मेलनमा जारि गरिएको प्रेस विज्ञप्तीमा नगरपालिकाले जस्तोसुकै निर्णय लिएपनि अझ समाज सेवाको अभियानलाई सशक्त बनाउँदै लैजाने पत्रकार सम्मेलन मार्फत मस जोडीले जानकारी गराएका छन्।

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.