शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
लहानमा बलात्कार र एसिड आक्रमण विरुद्ध युवाहरुको प्रदर्शन
आश्वीन २४, २०७७ | फिरोज शेख

फिरोज शेख लहान २०७७ असोज २४ - 
सिरहाको लहानमा बलात्कार र एसिड आक्रमण विरुद्ध शनिबार  प्रदर्शन गरिएको छ । देशभर बढ्दो बलात्कारका घट्नाप्रति चिन्ता व्यक्त गर्दै किशोर–किशोरीहरु स्वतः स्फूर्त रुपमा लहान बजारका सडकमा निस्किएर एकैसाथ प्रदर्शन गरेका हुन् । पीडकलाई कडा कारवाही र पीडितलाई न्याय माग्दै जागरुक युवा कल्व लहान र युथ अफ लाहानका युवा युवतीहरु सडकमा निस्किएर उनीहरुले ‘सरकार देखाउ इच्छा, खोईत महिलाको सुरक्षा ?’, ‘मौन बसेको सरकार, किन बढ्दै छ बलात्कार ?’, ‘उसको छोटो लुगाले होइन्, तिम्रो छोटो सोँचले हुन्छ बलात्कार’, आखिर म कहाँ सुरक्षीत एकान्त कि भिडमा रु’, ‘एक्लै हिँडे बलात्कार प्रपोज, एक्सेप्ट नगरे एसिड एट्याक’, ‘के म हजुरकी चेली हैन ?’ जस्ता नारा लेखिएको प्ले कार्ड बोकेका थिए । प्रदर्शनमा सहभागिहरुले एसिड आक्रमण पश्चात बिग्रीएको अनुहारको स्वरुप तथा बलात्कृतको त्रसित मुहार झल्कने गरी आफ्ना अनुहारमा सांकेतिक पेण्ट समेत गरेका थिए भने बलात्कार विरुद्ध लहान बजार परिक्रमा पश्चात शहिद चौकमा पुगी कोणसभा गर्दै सांकेतिक डान्स पनि गरेका थिए ।

 

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.