शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
सप्तरीको पिप्रा पशिचम प्रदेश न. २ को पहिलो बालमैत्री
फाल्गुन ७, २०७३ | शुभ नारायण यादव

शुभ नारायण यादव - 
सप्तरी ,७ फाल्गुन । 
सप्तरीको पिप्रा पश्चिम् गाविस नेपालको आठौ, पुर्बान्चलको तेस्रो तथा २ नम्बर प्रदेशको पहिलो बालमैत्री स्थानीय शासन घोषणा शनिबार गरिएको छ ।
शिक्षा , स्वास्थ्य र समृद्धता ,बालमैत्री आचरण पिप्रा पश्चिमबासीको प्रतिवद्धता भन्ने मुल नाराका साथ गाबिस सचिव तथा बालमैत्री स्थानीय शासन समितिका अध्यक्ष टेक बहादुर खडकाको अध्यक्षतामा आयोजित सो घोषणा समारोहका प्रमुख अतिथि संघिय मामिला तथा स्थानिय विकास राज्यमन्त्री श्रीप्रसाद जवेगुबाट समान्न पत्र ग्रहण गर्दै सो घोषणा गरिएको हो ।

सो समारोहमा स्थानीय विकास अधिकारी सुदेव कुमार पोखरेल , सासंदहरु मानपुर चौधरी ,रंजु ठाकुर ,सरेन्द्र प्रसाद यादव ,तेजु लाल चौधरी , गैसस महासंघका अध्यक्ष शम्भुनन्द चौधरी ,लोकतान्त्रिक गैससका अध्यक्ष अर्जुन कुमार यादव ,युनिसेफका नेपाल प्रमुख लगायतकाहरुले आ आफनो धारणा राख्नुभएको थियो ।उक्त घोषणा गर्ने कार्यमा आर्थिक तथा प्राबिधिक सहयोग गर्ने युनिसेफ नेपाल,सहजिकरण गर्ने जिविस सप्तरीले गरेको थियो । 

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.