शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
७२ औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवस विभिन्न कार्यक्रम गरी मनाइयो
मंसिर २६, २०७७ | फिरोज शेख

फिरोज शेख लहान २०७७ मंसिर २६ - 
७२ औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवस २०२० को अवसरमा सिरहामा बिहीबार विभिन्न कार्यक्रम गरी मनाइएको छ ।मानव अधिकार रक्षक संजाल सिरहा र महिला अधिकार रक्षक संजाल सिरहाद्वारा आयोजित कार्यक्रममा मानवअधिकारको क्षेत्रमा काम गर्ने मानवअधिकारकर्मी देवकुमारी महरा, सूर्यनारायण राम, सञ्चारकर्मी शुभनारायण कामती, कोभिडको समयमा ज्यान जोखिममा राखेर सेवा गर्ने धनगडीमाई नगरपालिका-१ छपराडीको आईसोलेसन सेन्टरको मेसु डा.सुभाष मण्डल र धनगडी रेडक्रस सभापति गंगाराम यादव लगायत पाँच जनालाई सम्मान गरेको छ ।

ओरेक नेपाल सिरहा, दलित जन कल्याण युवा क्लब लहान, मुक्ति नेपाल गोलबजार, समग्र जन उत्थान केन्द्र लहान,  अपाङ्ग पुर्नस्थापना केन्द्र सिरहा, इन्सेक, जिल्ला प्रहरी कार्यालय लगायतका मानव अधिकारका क्षेत्रमा कार्य गर्ने संस्थाहरुको संयुक्त सहकार्यमा आयोजना गरिएको कार्यक्रमको प्रदेस सभा सदस्य लगनलाल चौधरीले प्रमुख आतिथ्यता गर्नु भएको थियो । कार्यक्रममा मानवअधिकार संरक्षण सञ्जाल सिरहा वर्ष  २०२१ को संयोजकमा पुनः ईन्सेक प्रतिनिधि दुर्गा परियारले जिम्मेवारी पाएका छन्। मानवअधिकार संरक्षण सञ्जाल सिरहा वर्ष २०२० का संयोजक दुर्गा परियारको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा लहान नगरपालिका उप-प्रमुख सरियार चौधरी, प्रमुख जिल्ला अधिकारि प्रदीप राज कणेल ,जिल्ला प्रहरी कार्यलय सिराहाका प्रहरी प्रमुख उमा शंकर पंजियार सहित मानवाधिकारकर्मी ,महिला अधिकारकर्मी ,स्वास्थ्यकर्मी ,संचारकर्मी ,सामाजिक अभियन्ता लगायतको उपस्तिथी रहेको थियो।

यसैगरी मानव अधिकार तथा शान्ति समाज सिरहाले लहानस्थित सहिद चोकमा ‘युद्ध निषेध, शान्ति विशेष’ लगायत विभिन्न नारा लेखिएको प्लेकार्ड बोकेर र्‍याली प्रदर्शन गर्दै मानव अधिकार दिवस मनाएको छ । मानव अधिकार तथा शान्ति समाज सिरहाका अध्यक्ष जानुका पराजुलीले यसवर्षको अन्तर्राष्ट्रिय मानव अधिकार दिवस ‘आणविक अस्त्र रहेसम्म यो प्यारो धर्तीमा कोही सुरक्षित छैनन्’ भन्ने नाराको साथ मनाइएको जानकारी दिइन । अधिकारकर्मीहरुले सहिद चौंकमा प्लेकार्ड सहित लामबद्ध भएर प्रदर्शन गरेका थिए । उनीहरुले कोभिड कहरबाट बच्न सकिन्छ, तर आणविक कहरबाट कसले बचाउने ?’, ‘नेपाल ः आणविक हतियार निषेध सन्धी तत्काल अनुमोदन गर’ लगायत नारा लगाएका थिए । मानव अधिकार तथा शान्ति समाज सिरहाका सचिव सन्जय यादवले कार्यक्रमको सञ्चालन गरेका थिए ।

यसैगरी  दिवसकैं अवसरमा लहानस्थित सहिद चोकमा नेपाल मानव अधिकार संगठन सिरहा शाखाले दीप प्रज्वलन गरी मनाएको छ । संगठनका केन्द्रीय सदस्य एवं जिल्ला अध्यक्ष राज कुमार राउतले दीप प्रज्वलन गरी दिवस मनाइएको जानकारी दिए ।

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.